तनहुँ- नेकपा एमालेका नेता तथा राष्ट्रियसभा सदस्यमा वाम गठबन्धनका उम्मेदवार रामबहादुर थापाको उम्मेदवारी खारेज भएको छ।
थापाले वाम गठबन्धनको तर्फबाट प्रदेश ४ बाट अपांग तथा अल्पसंख्यक कोटामा उम्मेदवारी दिएका थिए।
नयाँ निर्देशिका अनुसार अपांग परिचयपत्र नलिएको भन्दै कांग्रेस उम्मेदवार बनेका तनहुँका प्रकाश पन्थले निर्वाचन आयोगमा उजुरी दिएपछि छानबिन गरी आयोगले शनिबार थापाको उम्मेदवारी खारेज गरेको हो।
यससँगै कांग्रेस उम्मेदवार पन्थ राष्ट्रियसभा सदस्यमा निर्विरोध निर्वाचित भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।