काठमाडौं- बालिका बेचबिखनको अभियोगमा नेपाल बालमन्दिरका निर्देशकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
बालमन्दिरका निर्देशक बालकृष्ण डंगोललाई बुधबार प्रहरीले पक्राउ गरेको हो। उनले बालिकालाई बेलायती नागरिकसम्म पुर्याइएको आरोपमा प्रहरीले पक्राउ गरको बताएको छ।
बेलायती नागरिक डोना स्मिथलाई डंगोलले बालिका बेचेको प्रहरीले बताएको छ। एक बालिकालाई ४ लाख रुपैयाँ भन्दा बढीमा बेलायती नागरिकलाई बिक्री गरेको बताइएको छ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताउको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।