• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
बुधबार, वैशाख ३१, २०८२ Wed, May 14, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध
गुपचुपमा 'रेडियो दम्पती'को विभत्स हत्या, कसले मार्‍यो वृद्ध यी दम्पती? केही दिनमै रिजल्ट आउँछ : एसपी भट्ट
64x64
नेपाल लाइभ बुधबार, साउन २९, २०७६  १८:१२
1140x725

काठमाडौं- बाग्लुङको ढोरपाटन नगरपालिका-८ बोबाङका स्थायी बासिन्दा हुन् भानबहादुर कामी। भानबहादुरलाई गाउँलेले ‘रेडियो कामी' भनेर पनि चिन्छन्।

६८ वटा हिउँदबर्खा काटेका कामीका दुई श्रीमती थिए। भानबहादुर जेठी श्रीमतीसँग बस्थे। बेलाबेलामा उनी कान्छी श्रीमती बीमा बस्ने ठाउँ बोबाङको 'कुइनेबाटो अनरे' पनि बस्न जान्थे।

बर्खाको समय थियो। बारीमा लगाएको अन्नबाली जंगली जनावरले खाने भएकाले उनी जनावर धपाउन भन्दै केही दिनअघि कान्छी श्रीमती भएको ठाउँ कुइनेबाटो अनरे पुगेका थिए। ढोरपाटन नगरपालिका–८ का वडाध्यक्ष नन्दे सुनारका अनुसार त्यस ठाउँमा बाघ, भालु, स्याल, दुम्सी, बाँदर लगायतका जंगली जनावरहरु आउने गर्छन्।

दुई श्रीमती भएका भानबहादुर दुवैतिर आउनेजाने, बस्ने गर्थे। सोही मेसोमा उनी कान्छी श्रीमतीकोमा पुगेका थिए। अनरेमा उनीहरूको ढुंगा माटोको गाह्रो लगाएको सानो छाप्रो छ। छाप्रो पनि कोल्टिएर लड्न लागेको जस्तो देखिन्छ। उनीहरू अनरेमा त्यही छाप्रोमा बस्थे।

गत शनिबार साँझदेखि पानी पर्न थालेको थियो। भानबहादुरको छाप्रो वरपर ५-६ घर छन्। त्यो पनि केही दूरीको टाढामा। रातभर झमझम पानी परिरह्यो। बिहान उज्यालो हुँदा भानबहादुर आफ्नो घर नजिकैको मकैबारीमा मृत फेला परे।

सर्ट र कट्टु लगाएका, मानबहादुर कोल्टो परेको अवस्थामा भेटिएका थिए। उनको टाउको र अनुहारमा गहिरो चोट लागेको थियो। जमिनमा रगत जमेर अख्रक्क भएको अवस्थामा उनको लाश फेला परेको थियो। 

‘भानबहादुरको लास देखेपछि हामी उनको घरमा जान लाग्यौं। श्रीमती बीमा पनि घरमा मृत अवस्थामा भेटिइन्,’ त्यसबेलाको दुखद घटना सम्झन्छन् वडाध्यक्ष सुनार।

भानबहादुरका जेठी श्रीमतीतर्फ १ छोरा छन्। उनी मजदुरी गर्न भारत पुगेका छन्। कान्छीतर्फका छोरा बुहारी र नाती नातिना छन्। उनीहरू ढोरपाटन बस्छन्। त्यसदिन दम्पत्तिमात्रै घरमा थिए।

Ncell 2
Ncell 2

यी दम्पतीको शवको दूरी लगभग १० मिटरको अन्तरमा फेला परेको थियो। दम्पतीको विभत्स हत्या भएको स्थानीयले थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए। बुर्तिबाङ प्रहरी चौकी खबर पाउनासाथ घटनास्थल पुगेको थियो। बुर्तिवाङ प्रहरी चौकीले घटनास्थललाई कर्डन गरेर सुरक्षित गरेको थियो।

कसैसँग रिसराग नभएका वृद्ध दम्पत्तिको हत्याले स्थानीय नै आश्चर्यमा परेका थिए। ‘जंगल नजिकै एकान्त स्थानमा घर भएकाले जंगली जनावरको आक्रमणबाट ज्यान गयो कि भन्ने पनि लागको थियो,’ वडाध्यक्ष सुनार सुनाउँछन्, ‘शरीरभर हतियारको जस्तो चोट देखेपछि हामी अचम्ममा पर्यौ। कसले किन हत्या गर्‍यो , हामी त छक्क पर्‍यौं।’ वडाध्यक्षका अनुसार बन्चरोले हानेर हत्या गरेजस्तो देखिन्छ।

केही दिनमै रिजल्ट आउँछ : एसपी भट्ट
घटना भएको जानकारी आउनासाथ प्रहरी टोली घटनास्थल सुरक्षित गरेकाले अनुसन्धानमा धेरै सहज भएको प्रहरीले जनाएको छ। भानबहादुरको घर वरपर ५/६ घर मात्रै भएकाले प्रहरीले हत्यामा तिनै मध्येका कोहीको हुन सक्ने भन्दै अनुसन्धान गरेको छ।

अनुसन्धान अन्तिम चरणमा पुगेका र केही दिनमै नतिजा आउने बाग्लुङका एसपी नवराज भट्टले नेपाल लाइभलाई जानकारी दिए। उनले भने, ‘पत्ता लागेन भनेर आत्तिनु पर्ने अवस्था छैन। हामी अनुसन्धानको अन्तिम बिन्दुमा पुगेका छौं। केही दिनमै अपराधी सार्वजनिक गर्छौ।’

shivam cement

shivam cement

प्रहरीले दम्पत्तिको शंकास्पद हत्या भएपछि त्यस वरपरका मानिसको सोधपुछ गरेको थियो। त्यस राती त्यस वरपर सञ्चालित रहेका मोबाइलको विवरण केलाउनेदेखि रिसिइबी भएका तथा हुनसक्ने पाटाहरू समेत केलाएको जनाएको छ। सोही क्रममा भानबहादुरका भाई मसाने भन्नेले राति करिब १२ बजेतिर दाजुभाउजू कराएको सुनेको बयान दिएका थिए।

मसानेको भनाइ उद्धृत गर्दै स्रोतले नेपाल लाइभसँग भन्यो, ‘पहिला भाउजू कराएको सुनेँ। त्यसको केहीबेरमा दाजुको जस्तो आवाज पनि आयो। राती पानी परिरहेको थियो। जंगलको छेउ भएकाले बाघ आयो होला भन्ने पनि लाग्यो। त्यो भएर म घरमै सुतेँ। दाजुभाउजू भएको ठाउँमा गइनँ।’ 

बिहान दाजुभाउजूको शव देखेपछि उनै मसानेले प्रहरीलाई खबर गरेका थिए। दम्पतीको विभत्स हत्या भएपछि जिल्ला प्रहरी कार्यालय बाग्लुङले प्रहरी निरीक्षक नरेन्द्र कार्कीको नेतृत्वमा तीन सदस्यीय प्रहरी टोली गठन गरेको थियो। टोलीले घटनाको अनुसन्धान गरिरहेको छ। स्थानीयले बञ्चरो प्रहार गरेर हत्या गरेको बताए पनि प्रहरीले धारिलो हतियार प्रयोग गरेर हत्या गरेको भए पनि बञ्चरो नै हो भन्ने यकिन भइनसकेको जनाएको छ।

प्रकाशित मिति: बुधबार, साउन २९, २०७६  १८:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बेरूजु निरन्तर बढ्दो, राजस्व छुटको तथ्याङ्क संसद्मा पेस गरेर पारदर्शिता कायम गर्न सुझाव
विद्यालयमा हाजिरीविनै दिवा खाजामा २७ करोड खर्च
पोखरामा माइक्रो दुर्घटना, ३ जनाको मृत्यु
सम्बन्धित सामग्री
महिलाको हत्या गरी फरार भएका पन्त पक्राउ तामाङको हत्या गरी फरार भएका पन्त भारतबाट काठमाडौँ फर्कंदै गर्दा काठमाडौँको नागढुङ्गाबाट पक्राउ परेका जिल्ला प्रहरी परिसर काठमाडौँले... बुधबार, वैशाख ३१, २०८२
नियन्त्रणमा आयो मखनटोलको आगलागी, एक महिलाको मृत्यु ग्यास चुहिएर भएको आगलागी करिब तीन घण्टापछि नियन्त्रणमा आएको हो । आगलागीमा भएको क्षतिको विवरण संकलन भइरहेको छ । बुधबार, वैशाख ३१, २०८२
काठमाडौँको मखनटोलमा आगलागी, एक जनाको मृत्यु “ग्यास लिक हुँदा आगलागी भएको छ । मृतकको शव फेलापरेको छ । सनाखत हुन बाँकी छ । आगो निभाउने प्रयास जारी छ ।” प्रवक्ता बोहराले भने । बुधबार, वैशाख ३१, २०८२
ताजा समाचारसबै
बेरूजु निरन्तर बढ्दो, राजस्व छुटको तथ्याङ्क संसद्मा पेस गरेर पारदर्शिता कायम गर्न सुझाव बुधबार, वैशाख ३१, २०८२
विद्यालयमा हाजिरीविनै दिवा खाजामा २७ करोड खर्च बुधबार, वैशाख ३१, २०८२
पोखरामा माइक्रो दुर्घटना, ३ जनाको मृत्यु बुधबार, वैशाख ३१, २०८२
कांग्रेस सांसद माया राईलाई १० लाख धरौटीमा छाड्न आदेश बुधबार, वैशाख ३१, २०८२
पलाताका पूर्वअध्यक्ष-उपाध्यक्षसहित १० जनाविरुद्ध मुद्दा दायर बुधबार, वैशाख ३१, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
सरकारको बेरुजु ७ खर्ब ३३ अर्ब नाघ्यो , एक वर्षमै ९१ अर्ब ५९ करोड थप बुधबार, वैशाख ३१, २०८२
क्यानको केन्द्रीय सम्झौताबाट बाहिरिने सन्दीपको निर्णय बुधबार, वैशाख ३१, २०८२
महिला टी–२० एसिया क्वालिफायरमा हङकङसँग नेपाल पराजित मंगलबार, वैशाख ३०, २०८२
महाप्रसाद अधिकारीविरुद्धको रिटमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश जारी , छलफलमा झिकायो मंगलबार, वैशाख ३०, २०८२
घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोवार ? मंगलबार, वैशाख ३०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
नौ महिना अन्तरिक्षमा बिताउँदाको स्वास्थ्य प्रभाव: पृथ्वीमा फर्किएपछि शरीरमा हुने परिवर्तन   नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
विश्वकप लिग २ : स्कटल्याण्डमा हुने सिरिजका लागि नेपाली टोलीको घोषणा, दीपेन्द्रलाई उपकप्तानको जिम्मेवारी शनिबार, वैशाख २७, २०८२
सरकारको बेरुजु ७ खर्ब ३३ अर्ब नाघ्यो , एक वर्षमै ९१ अर्ब ५९ करोड थप बुधबार, वैशाख ३१, २०८२
भारतीय आक्रमणमा जैस-ए-मोहम्मदका कमाण्डरको परिवारका १० जना मारिए बुधबार, वैशाख २४, २०८२
भारत–पाकिस्तान ड्रोन र मिसाइल हानाहान पछि भारतले बन्द गर्‍यो दुई दर्जन बढि विमानस्थल शुक्रबार, वैशाख २६, २०८२
पाकिस्तानले ३-४ सय ड्रोनमार्फत सैन्य पूर्वाधारलाई निशाना बनाएको भारतको दाबी शुक्रबार, वैशाख २६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्