काठमाडौं- महोत्तरीको भँगाहा नगरपालिका-८ का वडाध्यक्ष, सोही वडाका वडा सदस्य र उनका छोरासहित तीन जना घुससहित पक्राउ परेका छन्।
पक्राउ पर्नेमा वडाध्यक्ष मो.रफिक आलम, वडासदस्य कारी साह र उनका छोरा मुकेश साह छन्। उनीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले १ लाख ६० हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो।
वडाध्यक्ष आलमले सेवाग्राहीसँग योजना सम्पन्न भएको सिफारिस गरेको र रकम भुक्तानी लिन सहज गराई दिए बापत घुस मागेका थिए। उक्त काम गरे वापत घुस असुल गराउने जिम्मा वडासदस्य कारी साहले लिएका थिए।
साहले घुस लिन आफ्नो छोरो मुकेशलाई पठाएका थिए। मुकेशले सेवाग्राहीसँग १ लाख ६० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा जनकपुरको पिडारी चोकबाट पक्राउ गरेको हो।
मुकेशकै सूचनाका आधारमा उनका बाबु वडासदस्य कारी साह र वडाध्यक्ष आलम भँगाहा नगरपालिका-२ सितापुरबाट पक्राउ गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।