काठमाडौं- फिल्म 'कबड्डी कबड्डी कबड्डी'को शीर्ष गीत सार्वजनिक भएको छ।र्याप ब्याटलमा तयार गरिएको गीतमा काली प्रसाद बास्कोटा र अनुमप शर्माकाे लेखन तथा फिचर रहेको छ। गीतलाई बास्कोटा र शर्माले नै स्वर दिएका छन्।
गीतमा सन्नी सुमनको संगीत रहेको छ। फिल्म'कबड्डी कबड्डी कबड्डी भने असोज ३ गतेबाट प्रदर्शनमा आउँदैछ।
फिल्ममा दयाहाङ राई, उपासना सिंह ठकुरी, रिश्मा गुरुङ, विलसन विक्रम राई र बुद्धि तामाङ, विजय बराल लगातका कलाकारलाई मुख्य भूमिकामा देख्न सकिन्छ।
निर्देशक रामबाबु गुरुङले निर्देशन गरेको फिल्ममा निर्देशक गुरुङ र उपेन्द्र सुब्बाको स्क्रिप्ट रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।