जनकपुर- माघ २१ गते आह्वान गरिएको प्रदेश नम्बर २ को प्रदेशसभाको पहिलो बैठकको तयारी तीव्र रूपमा भइरहेको छ।
पहिलो अधिवेशनका लागि शैक्षिक तालिम केन्द्र जनकपुरको सभाकक्षको मर्मतसम्भार, फर्निचर र भौतिक सामग्रीको व्यवस्थापन कार्य भइरहेको छ।
शहरी तथा भवन निर्माण डिभिजन कार्यालयका अनुसार प्रदेशसभा प्रमुख, मुख्यमन्त्रीको आवास, प्रदेशसभा बैठक कक्षसहितको व्यवस्थापन कार्य पनि भइरहेको छ।
बैठकका क्रममा प्रयोग हुने डेस्क, पोडियम निर्माण र सभाकक्षको रङरोगन भइरहेको छ।
प्रत्येक डेस्कमा तीन जना बस्ने गरी ४५ वटा डेस्कको निर्माण कार्य भइरहेको जनाइएको छ। (रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।