जनकपुर- राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेश २ मा ६० हजार सक्रिय सदस्य बनाउने निर्णय गरेको छ। जनकपुरमा बसेको प्रदेश २ कार्य समितिको बैठकले अनियमितता र भ्रष्टाचारको भण्डाफोर गर्दै सदस्यता वृद्धि गर्ने निर्णय गरेको हो।
प्रदेश २ को सबै स्थानीय तहमा खबरदारी सङ्गै आन्दोलन गर्नेसमेत निर्णय गरेको प्रदेश अध्यक्ष चन्देश्वर यादवले बताए। प्रदेश २ का सबै जिल्लामा तत्काल विस्तारित बैठक गर्ने र पार्टी प्रवेशलाई व्यापकता दिने निर्णय गरेको पार्टीका सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।
बैठकमा पार्टीका उपाध्यक्ष महेशलाल महासेठ, प्रवक्ता सुशील श्रेष्ठलगायत प्रदेश-२ का पदाधिकारी, केन्द्रीय सदस्य, प्रदेश कार्य समिति, जिल्ला अध्यक्ष र जनवर्गीय संगठनका प्रमुखको उपस्थिति रहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।