काठमाडौं- प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले पार्टीको निर्देशिका पारित गरेको छ।
नेपाली कांग्रेसको आइतबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले पार्टीको विभिन्न तहको कार्यसमिति समायोजन गर्ने गरी निर्देशिका सर्वसम्मतिले पारित गरेको हो।
साविकको कार्यसमितिलाई नै समायोजन गर्नेगरी वडा तहसम्म पनि संघीय ढाँचा अनुसारको कार्यसमिति गठन हुने व्यवस्थासहित पार्टीको निर्देशिका पारित गरिएको कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले जानकारी दिए। त्यसका लागि सबै जिल्लामा पार्टीको केन्द्रीय निर्वाचन प्रणालीले प्रतिनिधि खटाउनेछ।
सहमहामन्त्री महतले भदौ २० गतेभित्र प्रतिनिधिसभा तथा प्रदेश सभाको क्षेत्रीय कार्यसमिति समायोजन गरी सक्ने र कार्तिक महिनाभित्रै सबै कार्यसमिति समायोजन गरी सक्ने निर्णय पनि गरिएको बताए।
नेपाली कांग्रेसले निर्वाचनमार्फत सबै कार्यसमिति निर्माण गर्न समस्या भएको निष्कर्ष निकाल्दै सो समस्या समाधानका लागि साविककै समितिहरुलाई मिलाएर समायोजन गर्ने गरी निर्देशिका बनाएको हो। (फाइल तस्बिर)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।