• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक ११, २०८३ Wed, Oct 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

प्रदेश २ ले बनायो महाअभियोग लगाउने कानुन

64x64
नेपाल लाइभ आइतबार, साउन २६, २०७६  १८:२८
1140x725

जनकपुरधाम- प्रदेश २ ले सार्वजनिक पद धारण गरेका व्यक्तिलाई महाअभियोग लगाउन सक्ने कानुन बनाएको छ। प्रदेश सभा कार्य सञ्चालन नियमावलीलाई संशोधन गर्दै महाभियोग लगाउने कानुन ल्याइएको हो।

संशोधन गरिएको नियमावली आइतबार प्रदेशसभा बैठकले सर्वसम्मत पारित गरेको छ। प्रदेश २ संसद् सचिवालयका सचिव रञ्जित यादवको अनुसार अब संविधान र कानुनको गम्भीर उल्लंघन गरेको, कार्यक्षमताको अभाव भएको तथा खराब आचरण भएका सार्वजनिक पद धारण गरेका व्यक्तिलाई महाअभियोग लगाएर हटाउने बाटो खुलेको छ।

सचिवालयका सचिव रञ्जित यादवले प्रदेशसभामा कायम सदस्य संख्याको एक चौथाइले प्रदेश कानुन बमोजिम महाभियोग लगाउन पाउने बताए। 

महाअभियोगको लगाउनुको आधार र कारण समेत खुलाई प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गर्नुपर्ने, उक्त प्रस्ताव सचिवले सभामुख समक्ष पेश गर्ने र प्रस्ताव दर्ता भएको सात दिनभित्र प्रदेशसभामा छलफल हुने गरी दिन र समय तोक्ने नियम बनाइएको छ।

प्रदेशसभाको अधिवेशन चालु नरहेको अवस्थामा प्रस्ताव पेश गर्ने सदस्यले प्रस्ताव दर्ता भएको मितिले बढीमा १५ दिनभित्र बैठक बस्ने गरी संविधानको धारा १८३ को उपधारा ३ बमोजिम अधिवेशन आह्वानको माग गर्नुपर्ने हुन्छ। यसो गर्दा अधिवेशन प्रारम्भ भएको तीन दिनभित्र बैठकमा महाअभियोगको प्रस्ताव उपर छलफल हुने गरी दिन र समय तोकिनेछ।

Ncell 2
Ncell 2
nimb
nimb

तोकिएको दिन र समयमा सभामुखले नाम बोलाएपछि प्रस्तावक र सदस्यले महाअभियोगको प्रस्ताव बैठकमा प्रस्तुत गर्नेछन्। निजले चाहेमा प्रस्ताव पेश गर्नुअघि वक्तव्य दिन सक्नेछन्।

महाभियोगको कारबाही प्रारम्भ भएपछि आरोपितले त्यस्तो कारबाहीका टुंगो नलागेसम्म आफ्नो पदको कार्य सम्पादन गर्न पाउने छैनन्।

प्रदेश कानून बमोजिमको कुनै व्यक्ति विरुद्ध महाअभियोगको प्रस्ताव पेश गर्ने आधार र कारण विद्यमान भए नभएको छानबिन गरी सिफारिस गर्ने प्रयोजनका लागि प्रदेशसभामा महाभियोग सिफारिस लागि ९ सदस्यीय समिति समेत बनाइनेछ। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

यस समितिले महाभियोग लागेका व्यक्तिलाई सफाई पेश गर्न सात दिनको म्याद दिई अनुसन्धान गर्नेछ । सफाइ सन्तोषजनक नभएमा वा तोकिएको म्यादभित्र त्यस्तो पदाधिकारी आफैं उपस्थित भई कुनै सफाइ पेश नगरेमा महाभियोग सिफारिस समितिले आफ्नो सिफारिस सहितको प्रतिवेदन सदनमा पेश गर्नेछ। 

यद्यपि, समितिले कारबाही प्रारम्भ गरेको ३० दिनभित्र सिफारिस सहितको प्रतिवेदन पेश गरिसक्नुपर्ने हुन्छ। महाभियोगको प्रस्तावमा छानबिन भई प्रमाणित भएमा र प्रदेशसभामा दुई तिहाइ बहुमतबाट पारित भएमा महाअभियोग लागेका व्यक्ति स्वतः पदमुक्त हुने छ। 

‘महाभियोगको प्रस्ताव पारित भई पदमुक्त भएका व्यक्ति सार्वजनिक पदमा रहँदा कुनै कसूर गरेको भए त्यस्तो कसूरमा प्रचलित कानून बमोजिम कारबाही गर्न बाधा पर्ने छैन,’ संशोधित नियमावलीमा उल्लेख गरिएको छ। 

महाअभियोग लागेर हटेको व्यक्तिले कुनै सुविधा लिन र भविष्यमा कुनै पनि सार्वजनिक पदमा नियुक्त वा मनोनयन हुन नसक्ने प्रावधान रहेको छ।

प्रकाशित मिति: आइतबार, साउन २६, २०७६  १८:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अर्नब चक्रवातको असर: भारतमा तीन जनाको मृत्यु, ३१ घरमा क्षति
प्रहरीको ‘स्वीप अपरेसन’ : ९२ जना पक्राउ
ग्यास किन्दा बिल अनिवार्य, निगमको निर्णय कार्यान्वयन गर्न व्यवसायीलाई आग्रह
सम्बन्धित सामग्री
संसदीय विशेष समिति माग्यो बाढी प्रभावित क्षेत्रमा भएको क्षतिको तथ्यांक समितिको आजको बैठकमा समितिका सभापति कृष्णप्रसाद पौडेलले मन्त्रालयलाई यथाशीघ्र सूक्ष्मरुपमा प्रत्येक वडाको हानी नोक्सानी र क्षतिको विव... बुधबार, कात्तिक ११, २०८३
एनपीएल : नेपाली बलरको दबदबा, सबै खेलमा प्लेयर अफ दी म्याच उत्कृष्ट घोषित हुनेमा लुम्बिनी लायन्सका शेर मल्ल, चितवन राइनोजका कमलसिंह ऐरी र कर्णाली याक्सका युनिश विक्रम ठकुरी रहेका छन् । नेपाली... बुधबार, कात्तिक ११, २०८३
हुम्लामा हर्क साम्पाङले के प्रतिबद्धता जनाए ? उनी अदानचुली र सर्केगाड गाउँपालिकामा आयोजित कार्यक्रममा उनी सहभागी भए । बुधबार, कात्तिक ११, २०८३
ताजा समाचारसबै
अर्नब चक्रवातको असर: भारतमा तीन जनाको मृत्यु, ३१ घरमा क्षति बुधबार, कात्तिक ११, २०८३
प्रहरीको ‘स्वीप अपरेसन’ : ९२ जना पक्राउ बुधबार, कात्तिक ११, २०८३
ग्यास किन्दा बिल अनिवार्य, निगमको निर्णय कार्यान्वयन गर्न व्यवसायीलाई आग्रह बुधबार, कात्तिक ११, २०८३
मलेसियाले मानेन नेपालको प्रस्ताव, १२५ म्यानपावरबाटै कामदार लैजाने नीति कायम बुधबार, कात्तिक ११, २०८३
संसदीय विशेष समिति माग्यो बाढी प्रभावित क्षेत्रमा भएको क्षतिको तथ्यांक बुधबार, कात्तिक ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
लुम्बिनीका सभामुख घर्तीसहित ५ जनाविरुद्ध जालसाजी मुद्दा बुधबार, कात्तिक ११, २०८३
‘अर्णब चक्रवात’ कमजोर हुँदै नेपालतर्फ, नेपालमा जोखिम मंगलबार, कात्तिक १०, २०८३
पशु, बाख्रा र गुदरी हाटबजारको राजस्व हिनामिना गरेपछि... मंगलबार, कात्तिक १०, २०८३
रवि लामिछानेको तीर्थयात्राः प्रस्थानमा हल्लाखल्ला, फर्कंदा ‘गुपचुप’ मंगलबार, कात्तिक १०, २०८३
अब सहकारीका मुद्दा धेरै भएका जिल्ला अदालतमा डेडिकेटेड बेञ्च मंगलबार, कात्तिक १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्