काठमाडौं– नेपाल प्रहरीमा नाम निकालेका १६ जना नियुक्तिपत्र लिन नगएपछि प्रहरी प्रधान कार्यालयले वैकिल्पिक उम्मेदवारहरुलाई नियुक्ति दिने तयारी गरेको छ।
प्रहरी जवान पदमा सबै परिक्षा उत्तिर्ण गरेर नाम निकालेहरुका जागिर खान नगएका हुन्।
प्रहरी जवानको परिक्षाको अन्तिम नजिता प्रहरी प्रधान कार्यालयले गत कात्तिक २७ गते निकालेको थियो। तर, नाम निस्किएकामध्ये १६ जना नियुक्तिपत्र लिन नगएपछि वैकल्पिक उम्मेदवारहरुलाई नियुक्तिको सिफारीस गरिएको सूचना बिहिबार प्रहरी प्रधान कार्यालयले निकालेको छ।
प्रहरीको जागिरमा दुःख धेरै तर सुविधा कम भएकाले आकर्षण कम हुँदै गएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।