काठमाडौं- लोक सेवा आयोगले प्रकाशित गरेको विज्ञापनको विरोधमा नेपाल आदिवासी जनजाति महासंघले विरोध प्रदर्शन गरेको छ।
नेपाल आदिवासी जनजाति महासंघको नेतृत्वमा भद्रकालीमा विरोध प्रदर्शन गरिएको हो। प्रदर्शनका क्रममा संविधानप्रदत्त समानुपातिक समावेशी सिद्धान्तको सुनिश्चितता गर्न माग गर्दै नाराबाजी गरिएको थियो।
संघीयताको मर्म र समानुपातिक समावेशी सिद्धान्तविपरीत विज्ञापन निकालिएको भन्दै उनीहरुले विरोध जनाएका हुन्। विज्ञापन समावेशी नभएको ठहरसहित आदिवासी जनजातिले विज्ञापन रोक्न माग गरेका छन्।
आरक्षण सुनिश्चित हुने गरी विज्ञापन पुनः प्रकाशित गर्न माग गरिएको छ। भद्रकालीमा गरिएको प्रदर्शनमा प्रहरीले धरपकड गरेको छ। सिंहदरबारको पश्चिम गेटतर्फ बढेको र्यालीलाई प्रहरीले रोकेको हो। निशेधित क्षेत्र उल्लंघन गरेको भन्दै केही प्रदर्शनकारीलाई पक्राउसमेत गरिएको छ।
तस्बिरहरुः
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।