काठमाडौं–बिहिबार दिउसो ललितपुरमा भएको दुर्घटनामा एक युवकको मृत्यु भएको छ।
ललितपुरको धोबिघाटमा ट्रकको ठक्करबाट मोटरसाईकल चालक मकवानपुर दामन बस्ने ३१ वर्षिय धनबीर दोङको मृत्यु भएको हो।
दिउँसो पौंने ४ बजे एकान्तकुनाबाट बल्खुतर्फ जाँदै गरेको लु १ ख ८७३७ नम्बरको ट्रकले सोहि दिशातर्फ जादै गरेको बा ६७ प ३१३४ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा दोङको मृत्यु भएको हो।
दुर्घटनामा परि गम्भिर घाईते भएका उनको उपचारको क्रममा मेघा अस्पताल धोबिघाटमा मृत्यु भएको हो। दुर्घटनामा संलग्न दुबै सवारी साधन र ट्रक चालकलाई प्रहरी परिसर सातदोबाटोले नियन्त्रणमा लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।