काठमाडौं– भारतको ६९ औं गणतन्त्र दिवसको अवसरमा नेपालका राष्ट्रपति, उपराष्ट्रपति तथा प्रधानमन्त्रीले भारतीय पक्षलाई शुभकामना सन्देष पठाएका छन्।
भारतीय राष्ट्रपति रामनाथ कोविन्द, उपराष्ट्रपति एम. वेंकैया नायदु र प्रधानमन्त्री रनेन्द्र मोदीलाई नेपालका समकक्षिले शुभकामना सन्देष पठाएका हुन्। छुट्टाछुट्टै शुभकामना सन्देष पठाउदै नेपालकी राष्ट्रपति बिद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्द बहादुर पुन र प्रधानमन्त्री शेरबहादुर देउवाले भारतको शान्ति र प्रगतीको कामना गरेका छन्।
आगामी दिनमा दुई देशबीचको सम्बन्ध थप प्रगाढ हुने बिश्वास समेत व्यक्त गरेको परराष्ट्र मन्त्रालयद्वारा जारी बिज्ञप्तीमा उल्लेख छ।
भारतले शुक्रबार ६९ औं गणतन्त्र दिवस मनाउँदैछन। आसियानका ठुला नेताहरुलाई बोलाएर भारतले गणतन्त्र दिवस मनाउन लागेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।