काठमाडौं– कामचलाउ सरकारले बदनियत राखेर नेपाल प्रहरी र सशस्त्र प्रहरी दरबन्दी थप्ने तथा सेवाहद परिवर्तन गर्ने तयारी गरेको भन्दै नेकपा एमाले त्यसको विरोध गरेको छ।
बिहिबार आयोजित पत्रकार सम्मेलनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले यसको विरोध गरेका हुन्।
एमाले जारी गरेको ११ बुँदे बिज्ञप्तीको ८ नम्बर बुँदामा भनिएको छ–‘नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा माथिल्लो तहमा नयाँ दरबन्दी सिर्जना गर्ने अनाबश्यक काम बदनियतपूर्ण ढङगले भएको छ। ती संगठनहरुमा उमेरहद हटाउने गरी अध्यादेश जारी गर्न भइरहेको तयारी संगठनलाई सुदृढ गर्न होइन, निश्चित व्यक्तिहरुको निहित स्वार्थ पूरा गर्न केन्द्रीत छन्। संघीय संरचना कार्यान्वायनको चरणमा रहेको वर्तमान अवस्था र नयाँ राष्ट्रिय सुरक्षा नीति लागू हुन लागिरहेको परिप्रेक्ष्यमा ती व्यवस्थाहरुलाई लत्याउदै सीमित स्वार्थ समूहको हितमा हुन लागिरहेको यस्ता निर्णयले संगठनको वर्तमान संरचनालाई भित्रैदेखि समस्याग्रस्त तुल्याउने निश्चित छ। यी विषयहरु आवश्यक नै हुन् भने पनि संघीय संसदले मात्र विचार गर्न सक्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।