काठमाडौं– नेकपा(एमाले)ले कर्मचारी स्वेच्छिक अवकाश योजनाको विरोध जनाएको छ।
क्त योजनाले राज्यलाई करिब ६० अर्ब रुपैयाँ दायित्व थपिने र यसले देशमा वित्तिय अराजकता निम्तिने एमाले जनाएको छ। बिहिबार एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रेस बिज्ञप्ती जारी गर्दै स्वच्छेकि अवकाश कार्यक्रम लगायत बृद्धभत्ता लगायत कार्यक्रमको विरोध गरेको हो।
सरकारले ७ वर्षको एकमुष्ठ तलब दिएर ५० वर्ष उमेर र २० वर्ष सेवाअवधि पुगेका कर्मचारीलाई स्वेच्छिक अवकाशको प्याकेज ल्याएको थियो। जसमा करिब १० हजार कर्मचारीले भाग लिने अपेक्षा गरिएको छ। उक्त कार्यक्रमले देशको अर्थतन्त्रलाई कमजोर बनाउने एमालेको प्रतिक्रिया छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।