विराटनगर– गुन्डागर्दीको आतंक बढेको भन्दै विराटनगरका व्यवसायी तथा सर्वसाधरण आन्दोलनमा उत्रिएका छन्।
विराटनगरका व्यवसायी पशुपति भगतमाथि भएको आक्रमण गर्ने गुन्डाहरुलाई पक्राउको माग गर्दै बिहिबार उनीहरुले विराटनगरमा प्रदर्शन गरेका छन्।
एलिश गुरुङको समूहले व्यवसायी भगतमाथि गत ५ गते आक्रमण गरी गम्भीर घाइते बनाएको थियो। आक्रमणमा संलग्नहरु अझै पक्राउ परेका छैनन्।
बिहीबार विराटनगरको गुद्री बजार बन्दै गर्दै व्यवसायीले जिल्ला प्रशासन कार्यालय घेराउसमेत गरेका छन्।
जग्गाको किनबेच विवादमा सो समूहले भगतमाथि खुकुरीले आक्रमण गरेका थिए। केही प्रहरी र स्थानीय एमाले नेताहरुले आक्रमाण्कारीलाई संरक्षण दिएको समेत उनीहरुको आरोप छ।
मोरङका एपी अरुण बिसी भने घटनामा संलग्नहरु केही पक्राउ परिसकेको र अन्यको खोजी भइरहेको बताउँछन्। ‘केही दिन लाग्दा हामी आक्रमणकारीहरुलाई पक्राउ गर्छाैं, उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।