धनुषा- वनमा घाइते अवस्थामा फेला परेको १७ फिट लामो अजिंगरको उद्धार गरिएको छ।
धनुषाको साझेदारी वनमा घाइते अवस्थामा फेला परेको अजिंगरलाई जिल्ला वन कार्यालय र मिथिला वाइल्डलाइफ ट्रस्टका पदाधिकारीको संयुक्त टोलीले उद्धार गरेका हो।
घाइते अजिंगरलाई गोठालाले देखेपछि जिल्ला वन कार्यालयलाई खबर गरेका थिए। सहायक वन अधिकृत सुरेश शर्मा र वाइल्ड लाइफ ट्रस्टका अध्यक्ष देवनारायण मण्डलसहितको टोलीले अजिंगरको उद्धार गरेको हो। करिब ४० किलो तौल भएको अजिंगरलाई धनुषाधामको संरक्षित वनमा छोडिएको छ। (रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।