• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, जेठ ७, २०८३ Thu, May 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

'नारायणगढ–मुग्लिन सडकखण्डमा जाम हुनु चालककै लापरबाही'

64x64
नेपाल लाइभ बिहीबार, भदौ २९, २०७४  १६:१२
1140x725

चितवन- नारायणगढ–मुग्लिन सडकखण्डमा सडक बिग्रिएरभन्दा पनि चालकको लापरबाहीले गर्दा धेरै समय जाम हुने गरेको पाइएको छ। 

बीच बाटोमा गाडी रोकिँदा यात्रुले लामो समय लाममा बसेर यात्रा गर्न बाध्य हुनुपरेको छ। नारायणगढ–मुग्लिन सडक आयोजनाले सडक राम्रो बनाएर र प्रहरीले सडक जाम हटाएर मात्र यो सडकखण्ड सहज बन्न नसक्ने देखिएको छ। 

चालकले सावधानी अपनाउन नसक्दा र नियमको पालना नगर्दा बढी मात्रामा जाम हुने गरेको हो। पहिरो र सडकका खाल्टाखुल्टीका कारणभन्दा धेरै गुणा चालकको लापरबाहीका कारण यो सडकमा सवारी चाप बढ्ने गरेको छ। 

यो सडकखण्डमा १८ वटा पुल रहेका छन् जसको चौडाइ ६ मिटर मात्र छ। 

पुलको दुवै मुखमा ठूला सवारी रोकिँदा दुवैतर्फ सवारी जाम हुने गर्छ। 'यो सडकमा दैनिक १० भन्दा बढी सवारी साधन बिग्रने गर्छन् र त्यस्ता सवारीलाई पन्छाउन लाग्ने समयभर यातायात एकतर्फी मात्र सञ्चालनमा आउँछ,' जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक सन्तोष पन्तले भने, 'कतिपय ठाउँमा दुईतर्फी सडक नै अवरुद्ध हुने गर्छ।'
 
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापा सडक राम्रो भएर प्रहरीसमेत परिचालन हुँदा पनि चालकले लापरबाही गरिदिँदा यो सडकमा समस्या आउने गरेको बताउँछन्। 

‘लाइफलाइन’ सडकका रुपमा रहेको यो सडक हुँदै दसैं तिहारको समयमा दैनिक १० हजारभन्दा बढी सवारीसाधन आउजाउ हुन्छ जसमध्ये ७५ प्रतिशत यात्रुबाहक रहने गर्छन्। त्यसमा २५ प्रतिशत ढुवानीका साधन हुने गर्छन्। यिनीहरुले तराई र भारतबाट दैनिक उपभोग्य सामान ओसार्ने गर्छन् । 

नारायणगढबाट ३६ किलोमिटर लामो यो सडकको ७ किलोमिटर क्षेत्र मात्र कालोपत्रे भएको छ भने अन्य क्षेत्रका सडकमा खाल्डाखुल्डी रहेका छन्। हाल यो सडकका ४ ठाउँमा बेसक्याम्प निर्माण गरी तत्काल उद्धार र पुनः मर्मतमा खटिने टोली तयारी अवस्थामा राखिएको छ।

ठूला उपकरणसहित प्रहरीको नेतृत्वमा मुग्लिनमा, मुग्लिनबाट तीन किलोमिटर पर कालीखोला, मुग्लिनबाटै ९ किलोमिटर पर नारायणगढतर्फ र १२ किलोमिटर सेतीदोभानमा क्याम्प निर्माण गरी सवारी आवागमन सहजीकरण गर्ने काम भइरहेको प्रहरी उपरीक्षक थापाले बताए।

nimb
nimb
Ncell 2
Ncell 2

नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार ठेकेदारले आ–आफ्नो क्षेत्रमा खाल्डा पुर्ने, धुलो उडेका ठाउँमा पानी छर्कने, पहिरो खसेका ठाउँमा पहिरो पन्छाउने, सम्भव भएका ठाउँमा कालोपत्र गर्ने काम गरिरहेका छन्। यो सडकको हालसम्म ५५ प्रतिशत काममात्र सम्पन्न भएको भए पनि प्रदेश नं २ को निर्वाचन, दसैं, तिहार र छठलाई ध्यानमा राखेर यातायात सहज बनाउने काम मात्र भइरहेको छ।

ट्राफिक प्रहरीका अनुसार चालकका कमजोरी यस्ता छन्;

जहाँ पायो त्यहीँ उछिन्ने

दुई सवारीबीचको दूरी थोरै राख्ने

गाडी रोकेर धुने

खाना खाएर गाडीमै आराम गर्ने

रातको समयमा सुत्ने

सडक नजिक घर भएका चालकले सडक छेउमा गाडी राख्ने

 

प्रकाशित मिति: बिहीबार, भदौ २९, २०७४  १६:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कोशी प्रदेश सरकारले नीति तथा कार्यक्रम आज ल्याउँदै
आज तीन वटा संसदीय समितिको बैठक बस्दै
प्रेस काउन्सिलको अध्यक्षका लागि दरखास्त आह्वान
सम्बन्धित सामग्री
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! नेपालमा हेल्थ क्याम्प गर्ने चलन ठ्याक्कै कहिलेदेखि सुरु भयो भनेर यकिनका साथ ठोकुवा गर्न गाह्रो छ। तर प्रा.डा. हेमाङ्ग दीक्षितले एक ल... शनिबार, भदौ १४, २०८२
ताजा समाचारसबै
कानुन निर्माणमा नागरिकको सहभागिता बढाउन ‘डिजिटल प्लेटफर्म’ बिहीबार, जेठ ७, २०८३
गोसाइकुण्डमा गङ्गादशहरा मेला सुरु बिहीबार, जेठ ७, २०८३
कोशी प्रदेश सरकारले नीति तथा कार्यक्रम आज ल्याउँदै बिहीबार, जेठ ७, २०८३
आज तीन वटा संसदीय समितिको बैठक बस्दै बिहीबार, जेठ ७, २०८३
प्रेस काउन्सिलको अध्यक्षका लागि दरखास्त आह्वान बिहीबार, जेठ ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सभामुख अर्यालले श्रम संस्कृति पार्टीका सांसदलाई दिए चेतावनी बुधबार, जेठ ६, २०८३
संसदमा एमालेले उठायो सभामुख अर्यालको भूमिकामाथि प्रश्न बुधबार, जेठ ६, २०८३
आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना बिहीबार, जेठ ७, २०८३
दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश बुधबार, जेठ ६, २०८३
प्रतिनिधि सभामा दुई विधेयक प्रस्तुत, अर्को बैठक बिहीबार बस्ने बुधबार, जेठ ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी आइतबार, जेठ ३, २०८३
फेरियो कार्यसूचीः  जवाफ दिन तयार भएनन् प्रधानमन्त्री बालेन बिहीबार, वैशाख ३१, २०८३
कीर्तिपुरमा गोली चल्यो, घिमिरे हत्याका मुख्य आरोपी नियन्त्रणमा बिहीबार, वैशाख ३१, २०८३
लामो समयपछि नेपाली ओपनरबीच शतकीय साझेदारी, अमेरिकाविरुद्ध भुर्तेल र आशिफको अर्धशतक शनिबार, जेठ २, २०८३
दुर्गा प्रसाईं थप तीन दिन हिरासतमै रहने मंगलबार, जेठ ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्