सोल– दक्षिण कोरियाले धावनमार्ग नजिक रहेका पक्की पर्खाल भत्काउने भएको छ।
डिसेम्बरको अन्त्यतिर १७९ जनाको ज्यान जाने गरी विमान दुघर्टना भएपछि सरकारले देशभरका ९ वटा विमानस्थलमा नेभिगेशनका लागि बनाइएका पक्की पर्खाल भत्काइने भएको हो।
उक्त दुघर्टना दक्षिण कोरियाको इतिहासको सबैभन्दा भयानक दुघर्टना थियो। सो घटनापछि सात वटा विमानस्थलमा धावनमार्ग सुरक्षा क्षेत्र बनाइएको छ।
क्रिसमसपछि थाइल्यान्डबाट मुआन विमानस्थलमा अवतरण हुन लागेको विमान धावनमार्गबाट चिप्लिएर अगाडि रहेको पक्की पर्खालमा ठोक्किएको थियो।
उक्त दुघर्टनाको कारण अहिलेसम्म पनि खुल्न सकेको छैन। तर सुरक्षा विज्ञहरूले भने धावनमार्ग अगाडि सो पक्की पर्खाल नभएको भए मृतकको सङ्ख्या निकै कम हुन सक्ने बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।