काठमाडौं। सोमबार कार्यभार सम्हालेका राष्ट्रपति डोनाल्ड ट्रम्पले समावेशी कर्मचारीहरुलाई तलबी बिदा दिएका छन्। अमेरिकाको विविधता, समानता र समावेशिताको नाममा दिइएका पदहरुमा कार्यरत कर्मचारीहरुलाई ट्रम्पले बिदा दिएका हुन्।
बिदा तत्काल लागू हुनेगरी दिइएको बेलायती विश्व च्यानल बीबीसीले उल्लेख गरेको छ। समावेशी खण्डमा विभिन्न नाममा जागिर खानेहरुको विपक्षमा थिए ट्रम्प।
ट्रम्प आउनुभन्दा अगाडि नै अमेरिकाको गुप्तचरी निकाय एफबीआईले आफ्नो समावेशी कार्यालय बन्द गरेको थियो। सोमबारै आफ्नो शपथग्रहण समारोहपछि ट्रम्पले आफूले आरक्षण होइन, योग्यताको आधारमा काम गर्ने बताएका थिए।
उक्त घोषणा गरेको केही समयपछि ट्रम्पले समावेशी कर्मचारीहरुलाई बिदा दिएका हुन्। यसरी दिएको बिदापछि के हुने भन्नेमा भने कुनै बताइएको छैन।
योग्यता प्रणालीबाट छानिएका र समावेशीलाई एउटै डालोमा राखेर काम गराउँदा प्रतिस्पर्धामा प्रश्न उठ्छ भनेर बरु घरमा बसेर तलब खाऊ भन्ने आशयले उनले यो निर्णय गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।