• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

पिलो निस्केका बिरामी रेफर गर्ने अस्पतालमा आन्द्रा जोडेर पेट सिलाउनेसम्मका सुविधा

पाठेघर फुटेर अन्तिम अवस्थाकी महिलालाई नयाँ जीवन
64x64
नेपाल लाइभ शनिबार, साउन २५, २०७६  १८:४०
1140x725

राजविराज– सप्तरीको अग्नीसाइर कृष्णासवरण गाउँपालिका–४ बनौलीका ८ वर्षीय तबरेज आलम बिहीबार दिउँसो आफ्नै घरको छतबाट लडे। घरको प्रांगण घेरबारका लागि गाडिएको भाटा पेटमा छिर्‍यो।

अत्तालिएका परिवार र स्थानीयवासीले बेहोसी तबरेजको पेटवाट भाटो झिके। तर, सोही प्वालवाट बालकको आन्द्रा वाहिर निस्कियो। 

बालक छोराको अवस्था देखेर आमा सबनम खातुन आफैं अर्धबेहोस भइन्। उनका पति इस्राईल मियाँ ६ वर्षदेखि मलेसियामा छन्।

स्थानीयवासीले तत्कालै बालकलाई राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पताल पुर्‍याए। चिकित्सकसहित ७ जना स्वास्थ्यकर्मीको टोली खटेर बालकको उपचार गरे।

 

 

Ncell 2
Ncell 2
nimb
nimb

४ घण्टाको अथक प्रयासपछि राती साढे ९ बजे बालकको सफल उपचार भयो। तबरेजको अवस्था अहिले सामान्य छ। ‘अस्पतालमा ल्याउँदा बालकको अवस्था चिन्ताजनक थियो,’अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट चुमनलाल दास भन्छन्,‘तर चिकित्सकको मेहनत र लगनशीलताले बालकको ज्यान जोगियो।’

सर्जन राजिव मिश्रा, एनेस्थेटिस्ट पारसमणि साह, एनेस्थेटिस्ट विपिन देव, इएनटी सर्जन महेश पोखरेललगायतको टोली शल्यक्रियामा सहभागी थियो। सो क्रममा ५ इन्च जति आन्द्रा पनि काट्नु परेको दासको भनाई छ। ‘भाटो छिरेर आन्द्रामा प्वाल परेको थियो,’ उनले भने,‘त्यसै छोड्दा इन्फेक्सन हुने भएकाले काटेर फाल्नु पर्‍यो।’

बालकको उपचारमा करिब १० हजार रुपैयाँ खर्च भएको अस्पताले जनाएको छ। ‘लाखौं खर्च हुन सक्थ्यो, त्यो पनि जोगियो,’मेसु दासले थपे,‘सहज, सरल र कम खर्चमा उपचार भएकाले परिवार पनि खुसी नै छन्।’सामान्य खर्चमै छोराको उपचार भएपछि आमा सबनम पनि खुसी छिन्। 

एक वर्षअघिसम्म दरबन्दी अनुसारका चिकित्सक तथा औजार उपकरणको अभावमा रेफरल सेन्टर मात्र बनेको अञ्चल अस्पतालमा दुई महिनाअघि पनि यस्तै जटिल प्रकृतिको शल्यक्रिया सम्पन्न भएको थियो। 

जेठ ३ गते राजविराज नगरपालिका-७ की २५ वर्षीया पिंकी राउत अस्पतालमा भर्ना भइन्। चौथो पटकको बच्चा जन्मन समस्या परेर उनको पाठेघर फुटेको थियो। ‘अवस्था एकदमै जटिल थियो। तर, बिरामीको अवस्था १० किलोमिटर टाढा पुग्न पनि नसक्ने अवस्था देखेपछि बाहिर पठाउन सकिएन,’दास भन्छन्, ‘जोखिम उठाएर भएपनि उनको शल्यक्रिया गरेर बच्चा निकालियो। त्यसमा पनि हामी सफल भयौं।’

त्यसअघिका तीन वटै बच्चा अप्रेसन गरेर निकलिएको र बिरामीको अवस्था पनि जटिल हुँदाहुँदै स्वास्थ्यकर्मीको लगनशीलताले ठूलो सफलता प्राप्त भएको उनको बुझाई छ।

गाइनोकोलोजिस्ट ब्रजेश कुमार झा, दिलिप कुमार साह, सर्जन सरोज कुमार यादव, एनेस्थेसिस्ट जयप्रकाश ठाकुर, स्टाफ नर्स अर्चना शर्मा लगायतको टोलीले पिंकीलाई नयाँ जीवन दिएको दास बताउँछन्। ‘अप्रेसनमा ७ पाउन्ड रगत खपत भयो। स्टाफ नर्स अर्चना शर्मालगायतका स्वास्थ्यकर्मीले नै रगत दिए,’उनले थपे,‘अहिले पनि आमा र बच्चा सकुशल छन्। टिमप्रति गर्व लाग्छ।’

एक वर्षको अवधिमा भएका यी दुई शल्यक्रियाले आफू खुसी भएको उनले बताए। ‘म आउँदा पिलो निस्केका बिरामी पनि रेफर गरेर अन्यत्रै पठाउनु पर्ने अवस्था थियो,’ उत्साहित हुँदै दासले भने,‘अहिले अस्पतालमा जनशक्ति र साधन/श्रोत थपिएका छन्। सेवा गर्ने स्वास्थ्यकर्मीको टिम लगनशील छ। अब हरेक दिन अस्पतालले नयाँ सफलता प्राप्त गर्नेमा कुनै द्विविधा छैन।’

यसरी सुधार हुँदैछ स्वास्थ्य सेवा
भारत सरकारको सहयोगमा स्थापना भएको अस्पतालमा २०२९ सालदेखि ५० शैय्याको स्वास्थ्य सेवा सुरु भएको थियो। हाल ८४ शैय्या छन्। 

अस्पतालमा विशेषज्ञ चिकित्सक र मेडिकल अधिकृतको संख्या ३२ जना पुगेको मेसु दासले बताए। मेडिसिन, सर्जरी, गाइनो, पेडियाट्रिक, ओर्थो, डेन्टल, रेडियोग्राफी, एनेस्थेसिया, डायलायसिस, हाडजोर्नी, सर्जन, ईएनटी, एनआइसियू, २४ घन्टे नमूना प्याथोलोजी, अत्याधुनिक एक्सरे सेवा सञ्चालनमा छ।

सिटी स्क्यान र आइसियु सेवा चाँडै सञ्चालनको तयारी भइरहेको पनि दासले जानकारी दिए।

अहेव र स्थानीय कलेजमा अध्ययनरत सिकारु विद्यार्थीको भरमा सञ्चालन हुँदै आएको इमरजेन्सी सेवामा ०७५ भदौदेखि २४ घन्टे अन-ड्युटी चिकित्सक सहितको सेवा संचालन भइरहेको छ। 

इमर्जेन्सीका कुल ५ चिकित्सकका लागि राजविराज नगरपालिकासहितका स्थानीयतहले सहयोग गरेका छन्। स्वास्थ्य विभाग तथा राजविराज नगरपालिकाकै सहयोगमा करिब आधा दर्जन मेडिकल अधिकृतको नियुक्ति गरिएको छ। अस्पतालमा दरबन्दी अनुसार अझै पनि छाला रोग विशेषज्ञ, साइकेट्रिक र प्याथोलोजिस्टको अभाव छ। 

बिरामी थपिँदै
अस्पतालमा आएको सुधारले छोटो समयमा नै सेवाग्राहीको संख्या बढेको छ। अहिले दैनिक २ सयभन्दा बढी बिरामीले अस्पतालवाट सेवा लिन थालेका छन्। ‘पुरानो रेडर्क हेर्दा सेवाग्राहीको संख्यामा धेरै फरक देखिएको छ,’उनले भने, ‘तर, यत्तिमा सन्तुष्ट हुने अवस्था चाँहि छैन।’ 

अस्पतालमा आएको सुधार आँखाले देख्ने र अंकमा बताउने भन्दा पनि सेवाग्राहीको सन्तुष्टिमा देखिनुपर्ने अस्पतालका मेसु दासको भनाइ छ।

प्रकाशित मिति: शनिबार, साउन २५, २०७६  १८:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आजदेखि नेप्सेमा नियमित कारोबार सञ्चालन हुने
फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई होटल र रेष्टुराँमा छुट
विवाहको प्रमाणपत्र छैन ? सर्वोच्चले भन्यो– ‘अन्य प्रमाणबाट पनि नाता पुष्टि हुन सक्छ’
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
आजदेखि नेप्सेमा नियमित कारोबार सञ्चालन हुने मंगलबार, असोज ६, २०८३
फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई होटल र रेष्टुराँमा छुट मंगलबार, असोज ६, २०८३
विवाहको प्रमाणपत्र छैन ? सर्वोच्चले भन्यो– ‘अन्य प्रमाणबाट पनि नाता पुष्टि हुन सक्छ’ मंगलबार, असोज ६, २०८३
एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै मंगलबार, असोज ६, २०८३
आज हरिपरिवर्तिनी एकादशी मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्