धनगढी- ७ नं प्रदेशका प्रमुख मोहनराज मल्लले प्रदेशसभाको पहिलो बैठक माघ २१ गते आह्वान गरेका छन्।
जिल्ला समन्वय समितिको कार्यालय रहेको सभाहलमा प्रदेश सभाको पहिलो बैठक २१ गते दिउँसो १ बजे आह्वान गरिएको प्रदेश प्रमुख सचिवालयका सचिव युवराज सुवेदीले जानकारी दिए।
७ नम्बर प्रदेशसभामा नेकपा एमालेका २५, नेकपा (माओवादी केन्द्र) का १४, नेपाली कांग्रेसका १२ र राष्ट्रिय जनता पार्टीका २ जना गरी ५३ सांसद रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।