काठमाडौं– आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ का लागि नेपाली टिमले घरेलु भूमिमा बिहीबार अन्तिम अभ्यास गरेको छ। नेपाली टिम भोलि (शुक्रबार) एक दिन आराम गरेपछि पर्सी (शनिबार) युएई प्रस्थान गर्नेछ।
नेपालले युएईका स्थानीय टिमसँग ३ वटा अभ्यास खेल खेल्नेछ। त्यसपछि नेपाल माघ २१ गते नामिबिया प्रस्थान गर्नेछ। डिभिजन–२ माघ २५ गतेदेखि सुरु हुँदैछ। नेपालले पहिलो खेलमा नामिबियासँग माघ २५ गते खेल्नेछ।
यो पनि- आइसिसी डिभिजन २ : पारसको कप्तानीमा राष्ट्रिय टिम घोषणा, कोको परे? (सूचीसहित)
नेपालले डिभिजन–२ का लागि बिहीबार नै १४ सदस्यीय टिम घोषणा गरेको थियो। टिममा युवा ब्याट्सम्यानद्वय रोहित कुमार पौडेल र अनिल साहले पनि स्थान बनाएका थिए।
हेर्नुहोस् नेपालले बिहीबार त्रिवी मैदानमा गरेको अभ्यासका तस्बिरहरु :









डिभिजन खेल तालिका खेल तालिका
माघ २५ गते
केन्या भर्सेस यूएई – वान्डरेरर्स मैदान
नेपाल भर्सेस नामिबिया – डब्लुएपी मैदान
ओमान भर्सेस क्यानडा – ट्रस्टको युनाइटेड मैदान
माघ २६ गते
युएई भर्सेस क्यानडा – वान्डरेरर्स मैदान
नेपाल भर्सेस ओमान – डब्लुएपी मैदान
केन्या भर्सेस नामिबिया – ट्रस्टको युनाइटेड मैदान
माघ २८ गते
नामिबया भर्सेस ओमान – वान्डरेरर्स मैदान
केन्या भर्सेस क्यानडा – डब्लुएपी मैदान
नेपाल भर्सेस यूएइ – ट्रस्टको युनाइटेड मैदान
माघ २९ गते
नेपाल भर्सेस केन्या – वान्डरेरर्स मैदान
यूएई भर्सेस ओमान – एब्लुएपी मैदान
नामिबिया भर्सेस क्यानडा – ट्रस्टको युनाइटेड मैदान
फागुन २ गते
नेपाल भर्सेस क्यानडा – वान्डरेरर्स मैदान
यूएइ भर्सेस नामिबिया – डब्लुएपी मैदान
केन्या भर्सेस ओमान – ट्रस्टको युनाइटेड मैदान
फागुन ३ गते
फाइनल – वान्डरेरर्स मैदान
तेस्रो र चौथो प्ले अफ – डब्लुएपी मैदान
पाँचौ र छैटौं प्लेअप – ट्रस्टको युनाइटेड मैदान
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।