काठमाडौं- राज्यको हरेक निकायमा समानुपातिक समावेशी सिद्धान्तका आधारमा आरक्षण माग गर्दै २५औं विश्व आदिवासी दिवस मनाइएको छ। नेपालका आदिवासी-जनजातिहरुले प्रदर्शनसहित दिवस मनाएका हुन्।
काठमाडौंमा नेपाल आदिवासी जनजाति महासंघको नेतृत्वमा शुक्रबार दिवस मनाइएको हो। उनीहरुले जातीय संस्कृति झल्कने पहिरन, बाजागाजा र झाँकी प्रदर्शन गरेका थिए। लोकसेवा आयोगले विज्ञापनमा आरक्षण हटाएकोमा पनि उनीहरुले विरोध जनाएका छन्।
वसन्तपुरबाट सुरु भएको र्याली माइतीघरमा पुगेर सभामा परिणत भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।