लन्डन– बलियो प्रतिद्वन्द्वी चेल्सीलाई पाखा लगाउँदै आर्सनल काराबाओ कपको फाइनलमा प्रवेश गरेको छ। एलेक्सिस सान्चेजको म्यानचेस्टर युनाइटेडमा सरुवा भएको २ दिन पछि नै गए राती चेल्सीविरुद्ध आर्सनलले २–१ को जित निकालेको हो।
पहिलो लेगमा गोलरहित बराबरी खेलेको आर्सनलले दोस्रो लेगको सुरुवातमै गोल खान पुग्यो। खेल सुरु भएको ७ मिनेटमा इडेन हजार्डले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाए। तर विपक्षीको पहिलो गोल छिराएको ५ मिनेट पनि बित्न नपाउँदै चेल्सीका एन्टोनियो रुडिगरले आफ्नै पोष्टमा गोल गर्न पुगे। योसँगै पहिलो गोल आर्सनलले बोनसमा प्राप्त गर्यो।
पहिलो हाफ १–१ गोलको बराबरीमा सकिए पनि दोस्रो हाफमा भने आर्सनलले सुधारिएको प्रदर्शन गर्यो। ६० मिनेटमा ग्रानित जाकाले निर्णायक गोल गर्दै आर्सनललाई आगामि आइतबार हुने फाइनल खेलका लागि टिकट सुरक्षित गरे।
यो जीतसँगै आर्सनल पछिल्लो ५ वर्षमा चौथोँ उपाधी होडको नजिक पुगेको छ।
लिग कप पनि भनेर चिनिने यो प्रतियोगिताको उपाधीका लागि म्यानचेस्टर सिटी र आर्सनल वेम्ब्लीमा आमने सामने हुनेछन्। सन् १९९३ पछि उपाधी भिडन्तका लागि यी दुई टोली भिड्न लागेको यो पहिलो अवसर हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।