जोहनेसवर्ग– दक्षिण अफ्रिका विरुद्धको तेस्रो तथा अन्तिम टेस्टको पहिलो इनिङमा भारत १ सय ८७ रनमा अलआउट भएको छ।
जोहनेसवर्गमा टस जितेर पहिले ब्याटिङ गरेको भारत पहिलो दिनमै अलआउट भयो। भारतका लागि कप्तान विराट कोहलीले ५४ रन जोडे। चेतेश्वर पुजाराले ५० रन जोड्दा भुवनेश्वर कुमारले ३० रन बटुले। अन्य ८ ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्।
मुरली विजयी (८), लोकेश राहुल (०), अजिन्का राहाणे (९), पार्थिव पटेल (२), हार्दिक पाण्ड्या (०), मोहमद सामी (८), इशान्त शर्मा (०) र जसप्रित बुमराह (०) रनमा आउट भए।
बलिङतर्फ दक्षिण अफ्रिकाका कागिसो राबाडाले ३ विकेट लिए। मोर्ने मोर्केल, एन्डिल फेल्लुक्वायो र भेर्नान फिलान्डरले २–२ विकेट हात पारे। लुंगी एनगिडीले १ विकेट आफ्नो नाममा लेखाए।
३ खेलको सिरिजमा २ खेलमा लगातार जित निकाल्दै घरेलु टिम दक्षिण अफ्रिकाले सिरिज कब्जा गरिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।