काठमाडौं– नेपालको राष्ट्रिय पुरुष भलिबल टिमले हङकङ र मकाउसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने भएको छ।
इमबहादुर मगरको कप्तानीमा नेपालले माघ १४ र १५ गते हङकङको राष्ट्रिय टिमसँग दुई मैत्रिपूर्ण खेल खेल्ने छ। त्यस्तै मकाउको राष्ट्रिय टिमसग एक मैत्रिपूण खेल माघ १७ गते खेल्ने कार्यक्रम रहेको छ । नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्माको नेतृत्वमा बिहीबार त्यसतर्फ प्रस्थान गर्ने नेपाली टोली २१ सदस्य रहेको छ।
नेपाली टोलीमा कप्तान इम सेटरको भूमिका रहने छन्। त्यस्तै ओपन स्पाईकरमा मानबहादुर श्रेष्ठ, कुलबहादुर थापा, धनबहादुर भट्ट र दिलबहादुर सुनार रहेका छन्। हरिबहादुर अधिकारी, महेन्द्र श्रेष्ठ र भैरव बमले क्विक स्पाईकरको भूमिका निर्वाह गर्ने छन्। टिममा अलराउण्डको भूमिकामा राजकुमार निरौला र नरेन्द्र गिरी रहेका छन्। लिब्रो (डिफेन्स) को भूमिकामा इश्वर थापा रहँदा सहायक सेटरको जिम्मेवारी दुर्गाप्रसाद महत्तोले निभाएका छन्।
नेपाली भलिबलको विकास र विस्तारमा दुई देशबीच सहयोग आदन–प्रदानका लागि हङकङ र मकाउका भलिबलका उच्चपदाधिकारीसँग महत्वपुर्ण छलफल गर्ने कार्यक्रम रहेको छ। नेपाली टोलीमा विरेन्द्र चौधरी मुख्य प्रशिक्षकको भूमिकामा रहदा सहायक प्रशिक्षकमा जगदिश भट्टले प्रशिक्षण दिने छन्। टिम व्यवस्थापको रुपमा नेपाल भलिबल संघका सदस्य राजकुमार गुरुङ रहेका छन्। टिमसँग रेफ्रीको भूमिकामा एशियन रेफ्रि क्यानिडेड पुर्णप्रसाद चौलागाई पनि साथमा रहने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।