राजविराज- सप्तरीमा सुस्त मनस्थिति भएकी एक किशोरीको सामुहिक बलात्कार भएको छ।
मोरङ घर भएकी १९ वर्षीया किशोरीको बुधबार बलात्कार भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
मानसिक रुपमा अस्वस्थ किशोरी विगत ३/४ दिनदेखि घरबाट बेपत्ता भएकी थिईन्। उनको खोजी भईरहेका बेला प्रहरीको गस्ती टोलीले बुधबार बिहान फेला पारेको डिएसपी भावेश रिमालले बताए।
सुस्त मनस्थितिकी किशोरीको हाउभाउ र बयानपछि बलात्कार भएको खुलेको उनको भनाई छ। घटनामा संलग्न भएको आरोपमा दुई जना पक्राउ परेका छन्। २४ वर्षीय रमणलाल दास र २२ वर्षीय रोशनकुमार यादवमाथि घटनाको संलग्नताका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
किशोरीको बिहीबार राजविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा स्वास्थ्य परीक्षण गरी उनीहरु विरुद्ध जबरजस्ती करणी मुद्दा दर्ता गरिएको उनले जानकारी दिए।
किशोरीको परिवारलाई घटनाको जानकारी दिई सप्तरी बोलाइएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।