काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले २०७६ लाई संगठन निर्माण वर्ष घोषणा गरेको छ। यसलाई सफलतापूर्वक कार्यान्वयन गर्न पार्टीको प्रशिक्षण विभागले भोलि शुक्रबार र पर्सि आवासीय केन्द्रीय प्रशिक्षक प्रशिक्षण आयोजना गरेको छ।
धुलिखेलको एक रिसोर्टमा सञ्चालन हुने प्रशिक्षणको उद्घाटन पार्टी अध्यक्ष कमल थापाले गर्नेछन्। सैद्धान्तिक, वैचारिक विषयसँगै संगठन निर्माण, जनसंघर्ष, समसामयिक राजनीतिक अवस्था र सूचना प्रविधिको विषयमा प्रशिक्षण दिइने राप्रपा सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।
प्रशिक्षक प्रशिक्षणमा सातै प्रदेशबाट ६० जनाको सहभागिता रहनेछ।
पार्टी अध्यक्ष कमल थापा, महामन्त्री राजेन्द्र लिङ्देन, प्रवक्ता एवं प्रशिक्षण विभाग प्रमुख भुवन पाठक, सहायक प्रवक्ता रमानन्द न्यौपाने, आइटी इन्जिनियर रोजेश रिजालले प्रशिक्षण दिनेछन्।
केन्द्रीय प्रशिक्षक प्रशिक्षणपश्चात् भदौमा ७७ जिल्लामा र असोजमा ७ सय ५३ स्थानीय तहमा सघन रुपमा प्रशिक्षण कार्यक्रम सञ्चालन गरिने सहायक महामन्त्री बर्तौलाले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।