• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक ११, २०८३ Wed, Oct 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

समयसीमा अघि नै काम सकिँदै, सिद्धार्थनगरको मुहार फेरियो 

64x64
नेपाल लाइभ बिहीबार, साउन २३, २०७६  ११:३०
1140x725

भैरहवा- बुद्ध जन्मस्थल लुम्बिनीको प्रवेशद्वारको रुपमा रहेको सिद्धार्थनगर नगरपालिकाले विकास निर्माणमा फड्को मारेको छ। 

नगरमा सञ्चालित क्षेत्रीय सहरी विकास आयोजनाले विकास निर्माणमा तीव्रता दिएका कारण नगरपालिकाले मुहार फेर्न थालेको हो। आयोजनाले लक्ष्यभन्दा करिब ६ महिनाअघि काम सक्दैछ।

सन् २०१७ मा एडिबी र नेपाल सरकारबीच सम्झौता भई सिद्धार्थनगरसहित ४ नगरपालिकामा क्षेत्रीय सहरी विकास आयोजना लागू गरिएको थियो। सन् २०२२ सम्मका लागि एडिबीसँग अनुदान/ऋण सम्झौता गरिएको हो।

सिद्धार्थनगर नगरपालिकाले भने २०१७ मै चाइना गोन्जाउ शर्मा जेभी निर्माण कम्पनीसँग २०२० को जनवरीभित्रै सक्ने गरी ठेक्का सम्झौता गरेको थियो। यो २ अर्ब ३८ करोडको आयोजना हो।

अहिले निर्माणको काम अन्तिम चरणमा पुगेको आयोजना व्यवस्थापक वरिष्ठ इन्जिनियर शैलेन्द्रप्रसाद श्रेष्ठले बताए। अहिलेसम्म ९३ प्रतिशत काम सम्पन्न भइसकेको छ। आयोजनाअन्तर्गत ३५ किलोमिटरका ४२ वटा सडक पुनर्निर्माण र दुवैतर्फ नाला, फुटपाथ, ७० किलोमिटर खानेपानीको पाइप बिछ्याउनुपर्ने र १२ किलोमिटर सतह ढल निर्माण गर्नुपर्ने सम्झौता हो। अहिलेसम्म ४० वटा सडक बनिसकेका छन्। ‘बाँकी दुई सडकको काम पनि छिट्टै सुरु हुँदैछ,' श्रेष्ठले भने। 

नगरमा अहिले चौडा सडकहरु क्षेत्रीय सहरी विकास आयोजनाबाट बनाइएको छ भने त्यसभन्दा साना सडक सघन सहरी कार्यक्रम अन्तर्गत र आन्तरिक स्रोतबाट बनिरहेका छन्। सघन र सहरी विकास अन्तर्गत १ अर्ब १३ करोडमा ३७ किमि सडक बनाइँदै छ। यस्तै, आन्तरिक स्रोतबाट १३ करोडमा ८ किमी सडक बनाइएको छ। यसअघि सन् २०१२–०१७ सम्म एडिबीले सरकारसँग ऋण तथा अनुदान सम्झौता गरी नगरपालिकामा एकीकृत सहरी विकास आयोजना सञ्चालन गरेको थियो। उसबेला करिब ८० करोड लागतमा नगरमा १० किलोमिटर जीर्ण सडक पुनर्निर्माण, ४१ किलोमिटर सतह ढल निर्माण, सडकको दुवैतर्फ गरी २० किलोमिटर खानेपानी पाइप विस्तार गरिएको थियो। यो आयोजना पनि चाइना गोन्जाउ शर्मा जेभीले सम्पन्न गरेको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

पञ्चवर्षे एकीकृत सहरी विकास आयोजना तोकिएको समयमै सम्पन्न गरेको भन्दै एडिबीले सरकारसँग नयाँ सम्झैता गरी २०१७ बाटै क्षेत्रीय सहरी विकास आयोजना सञ्चालन गरेको हो। दोस्रोपटक आयोजना सञ्चालन भएपछि नगरका सडक चिटिक्क परेका छन्। मुख्य सडकहरु फराकिलो बनाइएको छ। सडक ६ मिटरदेखि २८ मिटरसम्म चौडा बनाइएको छ। ४ फिटदेखि ६ फिटसम्मको सतह ढल बनाइएको छ। 

‘प्राविधिक हिसाबले सडकको आयु ३ वर्ष दिइन्छ तर नगरमा बनेका सडक १० वर्षभन्दा धेरै टिक्छन्’, आयोजना उप–व्यवस्थापक इन्जिनियर यमलाल पाण्डेले भने। आयोजनाबाट बनेका सडकको पिच भागमुनि राखिएका खानेपानी र टेलिफोनका संरचनाहरु निकालेर सडक छेउ फुटपाथको भागमा दुवैतर्फ सारिएको छ। यसले अब खानेपानी जडानका लागि सडक भत्काउनुपर्ने छैन। यसअघि पिचमुनि यी संरचना राखिँदै आएको थियो। यसले पटकपटक सडक भत्काउनुपर्ने र मर्मत गर्नुपर्ने बाध्यता थियो। 

विद्युत् र टेलिफोनको पोल व्यवस्थित गरिएको छ। सडक सेन्टरलाइन पेन्टिङ, पार्किङ एरिया मार्किङ, कर्नस्टोन पेन्टिङ समेत गरिएको छ। विमानघाट पथ र रंगशाला पथमा वृक्षारोपण गरिएको छ। रंगशाला पथमा साइकल ट्रयाकसमेत बनाइएको छ। ‘आयोजना समय अगावै सकिँदैछ, नगर सुन्दरीकरण भएको छ। यसलाई दिगो बनाउन हामीले विशेष योजना बनाएर अघि बढ्दै छौं’, नगर प्रमुख हरिप्रसाद अधिकारीले भने, ‘जथाभावी फोहोर नफाल्ने, सडकै निर्माण सामाग्री र मोविलहरु नपोख्ने गरेमा दिगो हुन्छ। यसका लागि नगरबासीलाई सचेत गराउँछौं। नटेर्नेलाई कारबाही गर्छौं।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

अब नगरमा बनेका सतह ढलले २४ करोड लिटर पानी बहन सक्ने क्षमता राख्छन्। प्रतिघन्टा १ सय ५० मिलिलिटर पानी परे थेग्न सक्ने क्षमता यसको छ। सबै नाला बनिसकेपछि नगरपालिका डुबानमुक्त हुनेछ। नगरपालिकाले निर्माण भएका सडक छेउमा सम्भव भएसम्म वृक्षारोपण गर्ने जनाएको छ। ‘कतिपय ठाउँमा वृक्षारोपण गरिएको छ र संरक्षणका लागि विभिन्न संघसंस्थाले जिम्मा लिएका छन्। बाँकी ठाउँमा पनि वृक्षारोपण गरी हरियाली नगर बनाउने योजना हाम्रो छ’, उपप्रमुख उमा काफ्लेले भनिन्। 

नगरमा ३ सय किमि सडक छ। क्षेत्रीय सहरी, आन्तरिक स्रोत, सघन सहरी र यसअघि सम्पन्न एकीकृत सहरी विकास आयोजनाबाट अहिलेसम्म ८० किमी सडक फराकिला बनाई आरसिसी तथा कालोपत्रे गरिएको प्रमुख प्रशासकीय अधिकृत ख्यामबहादुर थापाले बताए। बाँकी सडक ग्राभेल गरिएको छ। ‘बाँकी सडक पनि केही वर्षभित्रै कालोपत्रे हुन्छन्’, नगर प्रमुख अधिकारले भने।

केही वर्षअघिसम्म बढ्दो सहरीकरण, अव्यवस्थित बस्ती, साँघुरा सडक, त्यसमाथि सामान्य वर्षाले पनि डुबान हुने समस्या नगरभित्र थियो। नगरको आन्तरिक स्रोत बलियो नहुँदा नगरपालिकाले चाहेर पनि नगरवासीको यथेष्ट समस्या समाधान गर्न सकिरहेको थिएन। नगरभित्र आयोजना सञ्चालन भएपछि नगरको मुहारै फेरिएको छ। फराकिला सडकले दुर्घटनाको दर समेत घटाउँदै लगेको छ। व्यवसायीलाई व्यवसाय सञ्चालनमा समेत निकै सहज भएको छ। 

‘त्यो भैरहवा, जतिबेला हिलो र धुलोले बसी नसक्नु थियो, साँघुरो सडक र डुबानले निकै सास्ती खेप्नुपरेको थियो। अब भने निकै सहज भएको छ,' उद्योग व्यापार संगठन रुपन्देही अध्यक्ष नारायणप्रसाद भण्डारीले भने, 'बनेका संरचना जोगाउनतर्फ नगरपालिकासहित सबैले योजना बनाएर अघि बढ्नुपर्छ।' 

(यसअघिको शीर्षकमा संशोधन गरिएको छ।- सम्पादक)

प्रकाशित मिति: बिहीबार, साउन २३, २०७६  ११:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अब नागरिकताको प्रतिलिपि लिन गृहजिल्ला धाउन नपर्ने, उपत्यकाबाटै सेवा लिन सकिने
हुम्लामा हर्क साम्पाङले के प्रतिबद्धता जनाए ?
उपत्यकामा २४ घण्टामा ६४३ सवारी साधनमाथि कारबाही
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
अब नागरिकताको प्रतिलिपि लिन गृहजिल्ला धाउन नपर्ने, उपत्यकाबाटै सेवा लिन सकिने बुधबार, कात्तिक ११, २०८३
हुम्लामा हर्क साम्पाङले के प्रतिबद्धता जनाए ? बुधबार, कात्तिक ११, २०८३
उपत्यकामा २४ घण्टामा ६४३ सवारी साधनमाथि कारबाही बुधबार, कात्तिक ११, २०८३
आन्ध्र प्रदेशको तटीय क्षेत्रमा प्रतिघण्टा १५० किमिसम्म हाबाहुरी बुधबार, कात्तिक ११, २०८३
लुम्बिनीका सभामुख घर्तीसहित ५ जनाविरुद्ध जालसाजी मुद्दा बुधबार, कात्तिक ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
‘अर्णब चक्रवात’ कमजोर हुँदै नेपालतर्फ, नेपालमा जोखिम मंगलबार, कात्तिक १०, २०८३
पशु, बाख्रा र गुदरी हाटबजारको राजस्व हिनामिना गरेपछि... मंगलबार, कात्तिक १०, २०८३
रवि लामिछानेको तीर्थयात्राः प्रस्थानमा हल्लाखल्ला, फर्कंदा ‘गुपचुप’ मंगलबार, कात्तिक १०, २०८३
अब सहकारीका मुद्दा धेरै भएका जिल्ला अदालतमा डेडिकेटेड बेञ्च मंगलबार, कात्तिक १०, २०८३
लुम्बिनीका सभामुख घर्तीसहित ५ जनाविरुद्ध जालसाजी मुद्दा बुधबार, कात्तिक ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्