वीरगञ्ज– वीरगञ्जलाई आफ्नो आधार क्षेत्र मानेको राष्ट्रिय जनता पार्टीले बाहुबली नेता राजेशमान सिंहलाई मेयर पदको उम्मेदवार बनाएको छ। टिकट वितरणमा असन्तुष्टि जनाउँदै राजपाका नेता विमलकुमार श्रीवास्तव विजय गच्छदारको फोरमबाट मेयरका उम्मेदवार बनेका छन्।
आफूलाई बोल्ने भन्दा गरेर देखाउने कार्यकर्ताका रुपमा व्याख्या गर्ने सिंह पहाडी मूलका मधेशी नेता हुन्। वीरगञ्जमा एक तहका युवामाझ लोकप्रिय सिंहका लागि ‘कास्ट फ्याक्टर’ अनुकुल र प्रतिकुल दुवै हुनसक्ने अनुमान गरिँदैछ।
एक घर एक युवा, बालिका संरक्षण र औद्योगिक प्रवद्र्धन जस्ता नारा लिएर चुनावी मैदानमा उत्रिएका सिंह पार्टी छाडेर जानेहरुका कारण मतदातामा कुनै असर नपर्ने दाबी गर्छन्।
वीरगञ्जस्थित नेपाल लाइभको अस्थायी स्टुडियोमा सिंहले रुपेश श्रेष्ठसँग गरेको कुराकानीः
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।