पोखरा- पोखरामा सुरु १६औं संस्करणको रारा गोल्डकपको उद्घाटन खेलमा आयोजक सहारा क्लब पराजित भएको छ।
मंगलबार भएको खेलमा सुदूरपश्चिम ११ सँग ३–० गोल अन्तरले पराजित हुँदै आयोजक क्लब प्रतियोगिताबाट बाहिरिएको छ। जितसँगै मोफसलको क्लब सुदूरपश्चिम ११ अघिल्लो चरणमा प्रवेश गर्यो।
सुदू्रपश्चिमको जितमा धनबहादुर थापा, मनिराम चौधरी र राकेश हमालले गोल गरे।
खेलको २४औं मिनेटमा धनबहादुरको गोलबाट अग्रता लिएको सुदूरपश्चिमका लागि मनिरामले दोस्रो गोल गरेका थिए। दोस्रो गोल ७८औं मिनेटमा सम्भव भएको थियो। अन्तिम समयमा राकेशको गोलसँगै सुदूरपश्चिमले प्रतियोगिताको सुखद सुरुवात गर्न सफल भयो।
बुधबार भारतको सिक्किम युनाइटेड र धरान फुटबल क्लबबीच प्रतिष्पर्धा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।