धनगढी- पश्चिम नेपालको सहर धनगढीमा महिला गोल्डकप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। सुदूरपश्चिम खप्तड गोल्डकप आयोजना गर्दै आएको सुदुरपश्चिम ११ स्पोर्टस क्लवले पहिलो पटक महिला गोल्डकप आयोजना गर्न लागेको हो।
दोस्रो संस्करणको सुदूरपश्चिम खप्तड गोल्डकपको आयव्यव सार्वजनिक गर्दै सुदूरपश्चिम ११ स्पोर्टस क्लबले महिला गोल्डकपको आयोजना गर्ने घोषणा गरेको हो।
महिला फुटबल प्रतियोगिता फागुन अन्तिम साता सुरु गरिने आयोजकले जनाएको छ।
प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले साढे २ लाख रुपैयाँ प्राप्त गर्नेछन्।
सुदूरपश्चिम खप्तड महिला गोल्डकपमा देशका विभिन्न ६ स्थानका र दुई वटा विदेशी टिमको सहभागिता रहने आयोजक क्लबका वरिष्ठ उपाध्यक्ष बाबुराजा श्रेष्ठले बताए।
महिला फुटबल गतिविधि शून्य प्रायः रहेको अवस्थामा सुदूरपश्चिम स्पोर्टस क्लबले प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।