न्यूजील्याण्ड– अष्ट्रेलियाका युवा बलरले यू–१९ बिश्वकपमा सनसनी मच्याएका छन्। सोमबार इंग्ल्याण्डविरुद्धको खेलमा अष्ट्रेलियन स्पिनर लियोद पोपले ८ विकेट लिएर नयाँ रेडर्क बनाएका छन्।
इंग्ल्याण्डविरुद्धको खेलमा उनले ३५ रन दिएर ८ विकेट लिएका हुन्। यू–१९ बिश्वकपमा यो अहिलेसम्मकै उत्कृष्ट ‘स्पेल’ हो।
उनको ‘नायकी’ प्रदर्शनकै कारण यू–१९ बिश्वकपमा अष्ट्रेलियाले अप्रत्याशित जित हात पा¥यो। १ सय २८ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डले ४७ रनमा पहिलो विकेट गुमाएके थियो। त्यसपछि लगातार पोपले विकेट लिएर अष्ट्रेलियालाई जिताएका हुन्।
जितसँगै अष्ट्रेलिया सेमिफाइनलमा प्रबेश गरेको छ।
पहिले ब्याटीङ गरेको अष्ट्रेलिया १ सय २७ रनमै अलआउट भएको थियो। तर, पोपकै उत्कृष्ट बलिङका सामु इंल्याण्डको केही लागेन। इंग्ल्याण्ड ९६ रनमै अलआउट भएपछि ३१ रनले अष्ट्रेलिया विजयी भयो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।