काठमाडौं– पर्सामा घर बनाउने क्रममा सामान्य विवाद हुँदा गोली चलाउने बाबुछोरालाई प्रहरीले पक्राउ गरेको छ।
वीरगञ्ज महानगरपालिका–१८ भवानीपुरका मोहन साह तेली र उनका छोरा २१ वर्षीय कुन्दन साह तेलीलाई पर्सा प्रहरीले मंगलबार पक्राउ गरेको हो।
उनीहरुले सोही ठाउँका २८ वर्षीय बृजेश कुमार पटेल, २४ वर्षीय विकेश पटेल र १८ वर्षीय दीपेश पटेलसँग कुन्दनको घर बनाउने क्रममा सामान्य विवाद भएको थियो। विवाद भएपछि कुन्दनले आफ्नो बाबुको नाममा रहेको २ नाले एमडी इटाली रोटा मोडेलको १०४ नम्बरको १२ बोर हतियार निकालेर एक राउण्ड हवाई फायर गरेका थिए।
उक्त जानकारी प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी टोलीले उक्त हतियार, ४ राउण्ड गोली र ३ थान खोकासहित कुन्दन र उनका बाबु मोहनलाई पक्राउ गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।