काठमाडौं- बाढी प्रभावितका लागि गोकर्णेश्वर राहत संकलन समितिले एक लाख रुपैयाँ र केही खाद्यान्न संकलन गरेको छ।
समितिले संकलित रकम प्रधानमन्त्री राहत कोषमा हस्तान्तरण गर्न गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख सन्तोष चालिसे र उप-प्रमुख शान्ति नेपाललाई बुझाएको छ।
तराईमा स्थानीय निर्वाचनका लागि आचारसंहिता लागू भएकाले राहत वितरण गर्न नपाइने भएकाले स्थानीय निर्वाचन सकिएपछि रकम थप गरी वितरण गर्ने नगर प्रमुख चालिसेले बताए।
राहत संकलनका लागि जय नेपाल सामाजिक युवा संस्था, सानो बजार व्यवसायी समूह कांग्रेस इकाई समिति, मुक्तिनाथ महिला समूह, बाढीपीडित गोकर्णेश्वर बाल संरक्षण समिति, अर्घौतेश्वोर महिला समूह, मिलनचोक महिला समूह उन्नति महिला समूह र शान्ति जनएकता महिला समूहले अभियान चलाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।