न्यूजील्याण्ड– अष्ट्रेलियाका युवा बलरले यू–१९ बिश्वकपमा नयाँ रेकर्ड बनाएका छन्। सोमबार इंग्ल्यान्ड विरुद्धको खेलमा ८ विकेट लिएर अष्ट्रेलियन बलर लियोड पोपले नयाँ रेकर्ड बनाएका छन्।
इंग्ल्यान्ड विरुद्धको खेलमा उनले ३५ रन दिएर ८ विकेट लिएका हुन्। यू–१९ विश्वकपमा यो अहिलेसम्मकै उत्कृष्ट ‘स्पेल’ हो।
उनको ‘नायकी’ प्रदर्शनकै कारण यू–१९ विश्वकपमा अष्ट्रेलियाले अप्रत्याशित जित हात पार्यो। जितसँगै अष्ट्रेलिया सेमिफाइनलमा प्रवेश गरेको छ।
पहिले ब्याटिङ गरेको अष्ट्रेलिया १ सय २७ रनमै अलआउट भएको थियो। तर, पोपको उत्कृष्ट बलिङका सामु इंल्यान्डको केही लागेन। इंग्ल्यान्ड ९६ रनमै अलआउट हुन पुग्यो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।