पैसा लुटेर भाग्न खोज्ने पक्राउ

नेपाल लाइभ | २०७६ श्रावण २० सोमबार | Monday, August 05, 2019 २१:३०:०० मा प्रकाशित

जनकपुर- पैसा लुटेर भाग्ने प्रयास गरेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई जनकपुरधाम १३ पिडारी चौकबाट पक्राउ गरेको हो। पक्राउ पर्नेमा सिरहाको लहान नगरपालिका ९ का २४ वर्षीय मोहम्मद राज शेख छन्। 

मिथिला नगरपालिका १ का रामबाबु भन्ने रामु यादवको साथमा रहेको १ लाख २० हजार रुपैया लुटेर भाग्न खोज्दा शेखलाई लखेटेर पक्राउ गरिएको धनुषाका प्रहरी प्रमुख एसपी शेखर खनालले जानकारी दिए। उनले पक्राउपछि शेखबाट बरामद गरिएको रुपैयाँ यादवलाई बुझाएको समेत बताए। 

पक्राउ परेका शेखलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा राखिएको छ।