डडेल्धुरा- जिल्लाको शान्ति सुरक्षासँग प्रत्यक्ष सम्बन्ध राख्ने जिल्ला प्रहरी कार्यालय डडेल्धुरा विगत डेढ महिनादेखि प्रमुखविहीन भएको छ।
डडेल्धुरा प्रहरी प्रमुख डक्बरबहादुर केसी बिरामी बिदामा बसेसँगै काजमा काठमाडौं गएपछि डडेल्धुरा प्रहरी नेतृत्वविहीन भएको हो। केसीको जटिल प्रकृतिको अपरेसन भएकाले काजमा काठमाडौं नै मलाएको डडेल्धुरा प्रहरीका निमिक्त प्रमुख ईन्सपेक्टर लक्ष्मण खड्काले बताए।
सर्वसाधारण जनताको कुनै पनि काम नरोकिए पनि जिल्लाको सुरक्षा निकायको प्रमुख नै नहुँदा संगठनका आन्तरिक काम भने प्रभावित हुँदै गएको छ।
जिल्ला प्रहरी नेतृत्वबिहीन भएको डेढ महिना बितिसक्दा समेत प्रहरी विभागले नयाँ अथवा दरबन्दी भएकै डिएसपीलाई पठाएको छैन। जिल्ला प्रहरी कार्यालय डडेल्धुराको निमित्त प्रमुखको जिम्मेवारी ईन्सपेक्टर खड्काले नै अहिले जिल्लाको शान्ति सुव्यवस्था कायम गर्न कार्यभार सम्हाल्दै आएका छन्।
यो बिचमा डडेल्धुरामा डडेल्धुरा अस्पतालमा तोडफोड तथा डाक्टरमाथि हातपात मुद्धा, युवा कुटपीट, किशोरी अपहरण लगायतका मुद्दा र सम्पूर्ण सुरक्षा व्यवस्थाको कमाण्ड निमित्त प्रमुख खड्काले नै लिड गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।