गौशाला- महोत्तरीको मनरासिस्वा नगरपालिकामा घुरको आगोमा जलेर गम्भीर घाइते भएकी एक महिलाको सोमबार उपचारका क्रममा मृत्यु भएको छ।
मनरासिस्वा नगरपालिका–२ इटहर्वा बस्ने हुल्ली मण्डलकी पत्नी ६५ वर्षीया मंगलीदेवी मण्डलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश मल्लले बताए।
गत पुस २५ गते राति आफ्नै घर अगाडि बालेको घुरमा आगो तापिरहेका बेला महिला मण्डलको साडीमा आगो लागेर छातीभन्दा मुनिको अधिकांश भाग जलेपछि उनलाई उपचारका लागि अञ्चल अस्पताल जनकपुरमा लगिएको थियो।
मण्डलको उपचारकै क्रममा सोमबार मृत्यु भएको प्रहरी नायव उपरीक्षक मल्लले बताए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।