लहान– विद्युत् महसुल नबुझाउने सिरहाका १ सय २० जनाको विद्युत् लाइन काटिएको छ।
नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले बक्यौता रकम उठाउन लाइन काट्ने अभियान चलाएको छ। ५० हजारभन्दा बढी बक्यौता रहेका २ सय २० जना ग्राहकमध्ये पहिलो चरणमा १२० जनाको लाइन काटिएको केन्द्रले जनाएको छ।
समयभित्रै बक्यौता रकम बुझाउन आग्रह गर्दा समेत अटेर गर्ने ग्राहकको लाइन काटिएको केन्द्रका प्रमुख विष्णुदेव प्रसाद यादवले जानकारी दिए।
केन्द्रले महसुलवापत करिब ३ करोडभन्दा बढी बक्यौता असुल गर्न बाँकी छ। लहान वितरण केन्द्र अन्तर्गत विद्युतका ४५ हजार ग्राहक छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।