सल्यान– सल्यानमा सोमबार भएको बस दुर्घटनामा ४ जनाको मृत्यु भएको छ।
रुकुम पश्चिमबाट दाङका लागि छुटेको कालिका मालिका यातायात प्रालिको ना५ख ५३१ नंको बस त्रिवेणी गाउँपालिका–६ स्थित बैगारेखोला नजिक दुर्घटना भएको हो। नायव उपरीक्षक भरतबहादुर विकका अनुसार बस करिब डेढ सय मिटर तल खसेको थियो।
मृत्यु हुनेमा मुसिकोट नगरपालिका– ६ की पुष्पा खड्का केसी र सल्यान बागचौर नगरपालिका– ११ की छन्चरी विक रहेका छन्। अन्य दुईजना पुरुषको सनाखत हुन सकेको छैन।
दुर्घटनामा १५ जनाभन्दा धेरै घाइते भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।