सिन्धुली- नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले जनताको त्याग, तपस्या र बलिदानलाई सम्मान गर्न नसके आन्दोलन सफल मान्न नसकिने बताएका छन्। सिन्धुलीमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्।
‘जनतालाई राहत दिलाउन र उनीहरुको समृद्धिको आकांक्षालाई सम्बोधन गर्न यो व्यवस्थाले सक्नुपर्छ,’उनले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा स्थानीय सरकार प्रादेशीक सरकार र संघीय सरकार संरचनाहरु निर्माण गर्ने कुरा रातारात गरिएका परिवर्तनका कुरा होइनन्,' उनले भने, 'जनताको आकांक्षालाई सम्बोधन गर्नुपर्छ। हामीले गरे नगरेका सबै कुरा छर्लङ्गै छन्।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।