वेलिङटन– वान डे मा ५–० को लज्जास्पद पराजय भोगेको पाकिस्तान टी–ट्वान्टीमा पनि न्युजिल्याण्डसँग कमजोर देखिएको छ। न्युजिल्याण्डविरुद्धको पहिलो टी–ट्वान्टीमा पाकिस्तान पराजित भएको छ। पहिलो खेलमा न्युजील्याण्ड ७ विकेटले विजयी भएको छ।
पाकिस्तानले दिएको १०६ रनको लक्ष्य न्युजील्याण्डले १६ ओभरको समाप्तिमा ३ विकेट गुमाएर सजिलै पूरा गर्यो।
पाकिस्तानका लागि बाबर अजामले सर्वाधिक ४१ रन बनाएका थिए।
जवाफी ब्याटीङमा पाकिस्तानले न्युजिल्याण्डका ३ ब्याट्सम्यानलाई आउट गरे पनि कोलिन मुन्रोले अविजित ४९ रन बनाएपछि न्युजिल्याण्डले सहज जित हात पार्यो।
सोमबारको जितसँगै ३ खेलको सिरिज न्युजिल्याण्डले १–० ले अग्रता लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।