काठमाडौं- सरकारले मंसिर १४ गते तीनै तहको उपनिर्वाचन गर्ने निर्णय गरेको छ।
मन्त्रीपरिषद् बैठकका निर्णय सुनाउन संचार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री गोकुल बाँस्कोटाले यस्तो जानकारी दिएका हुन्।
निर्वाचन आयोगले सिफारिस गरेकै मितिमा सरकारले उपनिर्वाचनको मिति तोकेको हो।
कानुनअनुसार निर्वाचनको मिति घोषणा गर्ने अधिकार सरकारलाई रहेको छ।
तीन वटै तहका रिक्त कुल ५० स्थानमा एकै दिन निर्वाचन गराउन आयोगको सुझाव दिएको थियो।
प्रतिनिधिसभा सदस्य–१, प्रदेशसभा सदस्य–३, नगरपालिका प्रमुख– १, गाउँपालिका अध्यक्ष–३, गाउँपालिका उपाध्यक्ष–१ र वडाध्यक्ष–४१ पदहरु रिक्त छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।