काठमाडौं– ठगी मुद्दाका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–१ का ४८ वर्षीय सुनिल श्रेष्ठ छन् ।
उनलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले आइतबार भक्तपुरबाट पक्राउ गरेको हो ।
उनीविरुद्ध जिल्ला अदालत पाटनले १ वर्ष १० महिना २३ दिन कैद र २६ लाख ५८ हजार ३ सय ८७ रुपैयाँ जरिवाना सुनाएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।