काठमाडौं– भारत गएर नेपाली व्यवसायीहरुलाई फोन गर्दै धम्की दिने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा ललितपुर महानगरपालिका-२४, धापाखेलका ३० वर्षीय उदय गिरी छन्। उनलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले शुक्रबार धापाखेलबाट पक्राउ गरेको हो।
उनले नेपाली तथा भारतीय नम्बरहरुबाट व्यवसायीलाई फाेन गर्दै ७५ लाख रुपैयाँ माग गरेका थिए। ७५ लाख रुपैैयाँ नदिए जे पनि हुनसक्ने धम्की दिएपछि व्यवसायीहरुले प्रहरीमा उजुरी दिएका थिए। उनीहरुकै उजुरीका आधारमा अनुसन्धानमा खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
पक्राउ परेका गिरी यसभन्दा अघि हातहतियार तथा खरखजना मुद्दामा ३ वर्ष जेल बसेर छुटेको व्यक्ति भएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।