काठमाडौं– मिस गुरुङ इन्टरनेसनलको तेस्रो संस्करणको छनोट चरण समाप्त भएको छ। छनोटमा इटहरी, चितवन, कावासोती, बुटवल, पोखरा र काठमाडौंमा गरी १ सय ५० भन्दा बढी गुरुङ प्रतिस्पर्धीरुले सहभागिता जनाएका छन्।
भदौ २८ मा प्रज्ञा भवन कमलादीमा हुने अन्तिम चरणको छनोटको लागि पहिलो चरणमा देशैभरीबाट ४० योग्य प्रतियोगीलाई अवसर प्रदान गरिनेछ।
छनोट भएका ४० प्रतियोगीलाई १ महिनासम्म व्यक्तित्व, नेतृत्व तथा गुरुङ संस्कृति र सभ्यतासँग सम्बन्धित विभिन्न किसिमका तालिम प्रदान गरिने आयोजक संस्था मृगतृष्णा फेसन एन्ड प्रोडक्सन प्रालिकी अध्यक्ष तृष्णा गुरुङले जानकारी दिइन्।
मिस गुरुङ इन्टरनेसनलसहित कूल १२ विधामा प्रतियोगीले प्रतिस्पर्धा गर्नेछन्। ५ उत्कृष्टलाई स्कुटरसहित १० लाख बराबरको पुरस्कार व्यवस्था गरिएको आयोजकले जनाएको छ।
भदौ २८ मा हुने अन्तिम चरणको प्रतियोगिता टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिने आयोजकले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।