• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

लोकभाका बोकेर रयालेदेखि रेडियो नेपाल

64x64
नेपाल लाइभ शनिबार, साउन १८, २०७६  १४:१०
1140x725

काठमाडौं- 'रेडुवामा त मच्छेश्वर भन्ने मान्छे पो आउँछ त…'

लोकगायक मच्छेश्वर सापकोटाको पहिलो गीत रेडियो नेपालबाट गुञ्जँदा गाउँवासी अचम्मित भएका थिए। 

२०३२ सालको कुरा हो। रेडियो बज्नु नै अनौठो लाग्ने जमानामा गाउँले खासखुस गर्थे, 'रेडियोभित्र आफ्नै ठाउँको मान्छेले कसरी बोल्यो? कसरी गीत गायो?'

काभ्रे रयालेवासीका निम्ति जिज्ञासाको विषय बन्यो। नाम फैलनुको परिणाम हुन्थ्यो प्रशंसा। जतिजति नाम फैलियो, उति  प्रशंसा। 

यसरी पहिलो गीतले नै मच्छेश्वर फैलिँदै गए। प्रशंसा चुलिँदै गयो।

समय अहिले जस्तो प्रविधियुक्त थिएन। 

त्यतिबेला एकमात्र रेडियो थियो- रेडियो नेपाल। देशका हरेक कुनामा रहने मानिसले रेडियो सुन्थे। सुन्नेहरूले अँगालोभरिका प्रतिक्रिया पठाउँथे।

मच्छेश्वर चिठीमार्फत प्रतिक्रिया पाउँथे। गीतका नाममा प्रेमिल चिठ्ठी पनि लेखिएका हुन्थे। ती रेडियो नेपालको ठेगानामा आएर खस्थे। 

Ncell 2
Ncell 2
nimb
nimb

हरेक प्रतिक्रियाले उनी फुरुंग हुन्थे।

OOO

काँठे भाकामा गाइने लोकगीतका पारखी नै थिए मच्छेश्वर। 

'रातो सिन्दूर पहेँलो बेसार, 
मरेपछि लैजानु के छ र!'

रेडियोमा पहिलो गीत बजेपछि गाउँमा मच्छेश्वरलाई हेर्ने नजर फेरियो। 

'यसले हाम्रा दुःखहरू बोल्छ। यो हाम्रो दुःख भन्नै जन्मिएको हो,' चौतारीमा भारी बिसाउनेहरूले सुस्केरा काढ्दै आफ्नो प्रशंसा गरेको उनी सुन्थे। 

त्यतिबेला, गाउँमा 'ठूला' भनिनेहरूले उनलाई दुःखसमेत दिएका थिए। 

'तेरो भाइलाई थितिमा राख्, गीत गाउने काम बन्द गर्न लगा! घाँस दाउरामा सीमित राख्,' उनका दाइले यस्तो धम्कीसमेत खेप्नुपरेको थियो। 

फिल्मका भिलेन जसरी जीवनमा देखापरेका ती पात्रहरूसँग मच्छेश्वर पटक्कै डराएनन्। 

उनलाई जसरी पनि राम्रो लोक गायक बन्नु थियो। मौलिक गीतमार्फत आफ्नो ठाउँको चिनारी दिनु थियो। त्यसैले उनी त्यस्ता भिलेनहरूको सामु शिर नझुकाइकन हिँडे।

OOO

दौरा सुरुवाल, स्टकोट अनि शिरमा भादगाउँले टोपी। आँखामा पावरवाल चस्मा। 'बुढ्यौलीले त छोइसक्यो। तर, जवानीकै जस्तो जोस आँउछ,' उमेरले सात दशक कटिसकेका मच्छेश्वर ठट्यौली पारामा भन्छन्। 

उनका समकालीन कतिपय साथीहरूले त उनलाई छाडिसके। उनका अनन्य मित्र थिए, बुद्धिकृष्ण लामिछाने। उनले पनि अघिल्लो वर्ष उनलाई छाडेर गए। संगीत गुरु पाण्डव सुनुवार, नातिकाजी पनि अब दुनियाँमा छैनन्। 

उनीसँग त पुराना स्मृति मात्रै बाँकी छन्। बेलाबेलामा ती स्मृतिपत्रहरु उधिन्छन् र नयाँ पुस्तालाई बाँड्छन्। 

नयाँ पुस्ताले भुल्दै गएको लोकगीतलाई जगाउन कार्यक्रमहरूमा पुग्छन्।

अहिले रेडियो नेपालका स्थान अन्य प्रविधिले ओगटेका छन्। तर पनि रेडियो नेपालले दिलाएको अवसर उनी भुल्दैनन्। 

प्रविधिले समय परिवर्तन गरिदिएको छ। हिजो जस्तो स्वर परीक्षा पास गरेर गायक बन्नुपर्ने अवस्था अहिले छैन। संघर्षको बाटो फेरिएको छ। उनी फेरिएको उही बाटोको एउटा यात्रामा अझै अनवरत लागिरहेका छन्। 

अहिले पनि नयाँ भाकाहरू सिर्जना गर्छन् र रेकर्ड गर्छन्। कहिलेकाहीँ पुराना दिन सम्झँदा उनलाई स्मृतिदंशले सताउँदो रहेछ। पक्तिंकारसँगको भेटमा उनले आफ्ना विगत अचानक सम्झिए।

स्वर परीक्षाको भोक 
उनी ५/६ वर्षका हुँदा घरमा रेडियो थियो। जब रेडियोमा गीत सुन्थे, मच्छेश्वर खुट्टा उफारेर नाच्थे। मन पर्ने गीतहरू कण्ठस्थ पार्थे। गीत गुनगुनाउँदा सबैभन्दा खुसी हुन्थे। यसरी गुनगुनाउने क्रममा गीत गाउने चाहना पनि बढ्दै गयो।   

जति उमेर बढ्थ्यो, चाहनाका हाँगा उसरी नै फैलन थाले।

बर्सेनि रहर पलाउँदै जानु, स्वरमा पनि निखार आउँदै जानुले उनी गीत रेकर्ड गर्ने सपना देख्न थाले। रेडियो नेपालमा प्रश्नोत्तर कार्यक्रम चल्थ्यो। कार्यक्रम उनी हरेक दिन सुन्थे। 

कार्यक्रममा एकदिन उनले लेखी पठाए, 'मलाई गीत गाउन मन छ। कसरी गीत रेकर्डिङ गर्ने?'

उताबाट जवाफ आयो, 'माइक अनुकूल हुन्छ भने आउनुस्।' 

अब उनी रेडियो नेपाल जाने भए। काठमाडौं पुग्न त्यति सजिलो थिएन। 

त्यबेला उनी २२ वर्षका लक्काजवान थिए। युवा जोस थियो। रयालेबाट हिँडेर पनौतीसम्म झर्नुपर्ने। वर्षाको समय। पानीले हिँड्ने बाटाहरू निकै अफ्ठ्यारा बनाएका थिए। पनौती झरेपछि त्यहाँबाट बस पाइन्थ्यो। बस चढेर उनी काठमाडौं प्रवेश गरे। त्यसपछि  सोधखोज गर्दै उनी सिंहदरबारको गेटमा पुगे। 

सिंहदरबार पश्चिम ढोकाबाट भित्र छिर्नुपर्थ्यो। तर, सजिलै कहाँ छिर्न दिन्थे र! उनको स्वभाव जिद्दी। अटेर गरेरै भित्र छिरेछन्। 

रेडियो नेपालभित्र पुगे। र, त्यहाँ पाण्डव सुनुवारलाई भेटे। 

'पहिलोपल्ट जाँदा उहाँले निकै माया देखाउनुभयो,' उनी सम्झँदै भन्छन्।

त्यो दिन पहिलो पटक उनले रेडियोमा स्वर परीक्षा दिए।

तर, फेल भए। 

फेल हुनुको पनि कारण रहेछ। 

उनी स्वर परीक्षाका लागि १० बजेदेखि पालो पर्खेर बसेछन्। तर, ५ बज्दा मात्रै पालो आएछ। पालो त आयो। रेकर्डिङको समय पनि सकिएछ। 

गेट बन्द भयो। उनी आक्रोशमा आएछन्।

प्रतीक्षालयबाट उठेर ढोका घचेट्दै उनी भित्र छिरेछन्।

त्यतिबेला लोकगीत प्रबन्धक गोविन्द लाल नेपाली थिए। उनलाई जंगिँदै भनेछन्, 'म १० बजेदेखि कुरेर बसेको। काभ्रेको रोशीपारि भने निकै टाढाबाट आएको म। के म निराश फर्कनु अब।'

आक्रोश मिश्रित स्वर। त्यसमाथि रोशीपारिबाट भनेपछि प्रबन्धक नरम भएछन्। उनले पालो त पाउने भए। 

मनस्थिति भने ठिक थिएन। रिसकै झोँकमै स्वर परीक्षा दिए।

एक महिनापछि स्वर परीक्षाको रिजल्ट आयो। रिजल्टको सूची भित्तामा टाँसिएको हुन्थ्यो। ठूलो आस लिएर रिजल्ट हेर्न गएछन् उनी।

दुर्भाग्य, उनको नाम निस्किएनछ। 

'म फेल भएछु,' अहिले भने उनी मजाले हाँस्छन्।

संसारै कालो बादलले ढाकेको जस्तो, दिनमै पनि रात भएजस्तो। त्यतिबेलाको अनुभूति दर्दजन्य थियो। उनी खुलेर हाँस्न सकेनन् त्यो बेला। 

'गाउने भन्ने कुरा त प्रफुल्ल मनले गाउने हो। आक्रोशी भएर हैन,' उनी भन्छन्, 'मैले प्रफुल्ल भएर गीत गाउन सकेको थिइनँ।'

दोस्रो पटक स्वर परीक्षा दिँदा भने उनको इच्छा पूरा भयो।

त्यसबेला १ सय ८२ जनाले परीक्षा दिएका थिए। ६ जना मात्र पास भए। त्यही ६ जनामा परे उनी। 

उनीसँग पास गर्नेमा लोकगायक पूर्णबहादुर नेपाली, लोकबहादुर क्षेत्री समेत थिए। पास भएलगत्तै उनले शिवशंकर र नातिकाजीलाई भेटे। उनीहरूले उनको गायकी औधी मन पराए र गीत रेकर्डिङका लागि मिति तोक्न निर्देशन दिए। 

त्यसपछि उनले आफ्नो आवाजमा पहिलो गीत रेकर्डिङ गरे– 

रातो सिन्दुर पहेँलो बेसार, 
मरेपछि लैजानु के छर र!

OOO

पहिलो पटक गीत रेकर्ड हुँदा नातिकाजी, शिवशंकर समेतले निकै प्रोत्साहन गरेको उनी बताउँछन्। 

गीत रेकर्ड हुनुभन्दा अघि उनको गीत रेडियोमा नबजेको होइन। उनले एउटा गीत लेखका थिए, 'जाने भए जाऊ माया मारेर...'. यही गीत जम्मा गर्ने बाकसमा खसालिदिएका थिए। 

युवावस्थामा गायक मच्छेश्वर

रेडियो नेपालमा त्यतिबेला गीत छनोट गरेर गाउने चलन थियो। उनको गीत एक नम्बरमा छनोट भएछ। त्यसपछि उनलाई खबर आयो 'गीत गाउन स्विकृति दिनुपर्‍यो' भनेर।

उनले स्विकृति दिए। उनको गीत तीर्थ कुमारी र सुनिता रेग्मीले गाए।

रेडियो नेपालबाट जोडिएका पाण्डव सुनुवारसँग उनको पछिसम्म निकै गाढा सम्बन्ध भयो।

लोक संगीतको पहिलो गुरु नै उनी सुनुवारलाई मान्छन्। हार्मोनियम उनैबाट सिकेका हुन्। आफूलाई सुनुवारले विनासर्त संगीत सिकाएको उनी बताउँछन्।

सुनुवार मच्छेश्वरलाई भन्थे, 'तिमी निकै राम्रो गाउँछौ। तिम्रो निकै माया लाग्छ मलाई।'

पहिलो गीत रेकर्डिङपछि मच्छेश्वरले धेरै गीत रेकर्ड गराए। कुनै समय यस्तो दिन पनि आयो एकै दिन ६/७ वटा गीतसमेत रेकर्ड गराउन भ्याए।

खेतीसँगै संगीत साधना
काभ्रेको रयालेमा अहिले पनि सुन्तला व्यवसाय फस्टाएको छ। प्रत्येक बारीमा सुन्तलाका बगान छन्। त्यहाँ सुन्तला व्यवसायको सुरुवात भने आफैंले गरेको मच्छेश्वर बताउँछन्। 

'त्यतिबेला भर्खरै बिहे गरेको थिएँ। गीत गाएर कमाइ हुने अवस्था थिएन। त्यसपछि २/४ वटा भैंसी पालेँ। गाउँमा सुन्तला खेती कसैले यसअघि गरेको थिएन। पाखाभरि सुन्तला फलेको सपना देखेँ। त्यही सपना देखेपछि सुन्तलाको बिरुवा ल्याएर सुन्तला खेती गरेँ,' उनी सुनाउँछन्।  

त्यसरी व्यवसाय गर्दा गायनलाई पनि सजिलै अघि लैजान सकिएको उनको अनुभव छ। 

त्यसरी खेती गर्दा सुरुमा भने उनले गाउँलेहरूको भनाइ सहनुपर्‍यो। मकै फल्ने बारी बिगार्‍यो भनेर निकै विरोध आयो। तर, सुन्तला लटरम्म पाकेर मच्छेश्वरको आम्दानी बढ्यो। त्यसपछि भने गाउँलेहरूले पनि बुझ्दै गए। र, विस्तारै मकै फल्ने बारीमा पहेँलपुर सुन्तला देखिन थाले।

श्रीमती पनि गायनमा
कार्यक्रमहरूमा मच्छेश्वरसँगै गीत गाउन स्टेजमा देखिने गर्छिन्, उनकी श्रीमती सरस्वती सापकोटा। सरस्वतीसँगको युगल आवाजमा थुप्रै गीत रेकर्ड भएका छन्। सरस्वती भने गायन क्षेत्रमा पछि मात्र आएकी हुन्।

'२० वर्षको उमेरमा ५८ सालतिर मेरी छोरीले आत्महत्या गरिन्। उन (सरस्वती) लाई फुल्याउन गाह्रो पर्‍यो। रयालेमा बस्न नसक्ने भएपछि बनेपा आएर बस्यौं। तर, रातदिन सधैं रुने मात्रै। अस्पताल पनि कति लैजानु।'

श्रीमतीका साथ गायक मच्छेश्वर

उनलाई फुल्याउन मच्छेश्वरले निकै प्रयत्न गरेका रहेछन्। यही क्रममा उनलाई आफूसँगै गीत गाउन लगाए। यसरी गाउँदागाउँदै सरस्वतीको स्वरमा 'जादु' नै देखियो। उनका गीतलाई सबैले मन पराउन थाले। 

पछि सरस्वतीको स्वरमा पनि गीत रेकर्ड भयो।  

'अहिले पीडा भुलेकी छन्। मैले उनको हाँसो हेरेर हाँस्न सिकेको छु,' मच्छेश्वर भन्छन्।

काठमाडौंले कहिल्यै छोएन 
आफ्नो जिल्ला छाडेर उनी कहिल्यै काठमाडौं केन्द्रित भएनन्। मच्छेश्वरलाई  कहिल्यै चर्चित हुने सोच पनि आएन। जन्मजिल्ला नै कर्मजिल्लाको रुपमा स्वीकारेर उनी संगीतमा बाँचे। 

'जिल्ला छाडेर राजधानीमै रहनेहरू बढी चिनिए होला। तर, आफ्नो भूगोललाई त बिर्से नि,' उनी भन्छन्, 'तर म मेरै जिल्लामा रहेँ। मैले सबैका माया पाएँ। मेरो जीवनको सुन्दर खुसी नै यही हो।' 

उनले हालसम्म २ सयभन्दा बढी लोकगीत गाए। 'घर त रयाले', असारे भाकामा 'भुन्टेकी आमा', 'धुलिखेलैमा', 'घर त मंगलटार', 'कालो चोलो रातो रिबन', 'हिमाल चुली हिउँ कसले जमायो' लगायत दर्जनौं गीत लोकप्रिय बने। सबैजसो गीतका लागि उनी काभ्रेबाटै काठमाडौं धाए। राजधानीमा जम्ने रहर कहिल्यै गरेनन्। 

पहाडी जीवनलाई टिपेर उनले शब्दहरू सिर्जना गरे। सपना देख्न काठमाडौं आउने अधिकांशले आफ्नो माटो बिर्सिए। तर मच्छेश्वरले आफ्नो गाउँ बिर्सिएनन्। आफ्नो भूगोल छाडेर काठमाडौंमा अल्झिएनन्। 

बिरानो भयो रेडियो नेपाल
उनी २००७ सालका। उही वर्ष भयो रेडियो नेपालको स्थापना। रेडियो नेपाल सुनेरै उनका बालापन बित्यो। पछि रेडियो नेपालमा आएका परिवर्तनका साक्षी भए। समय न हो। अहिले उनलाई रेडियो नेपाल बिरानो लाग्न थालेको छ। 

'हो, अब त बिरानो भयो,' कुराकानीको क्रममा उनले सुस्केरा काढे, 'तर प्यारो भने माइतीघर जतिकै लाग्छ।'

रेडियो नेपालमा अब पुराना कोही पनि छैनन्। सबै नयाँ। पुराना कलाकारलाई रेडियो नेपालमा पाउन निकै मुस्किल हुने उनको अनुभव छ।

'अहिले नयाँ साथीहरूलाई म मच्छेश्वर सापकोटा भनेर परिचय दिनुपर्ने अवस्था छ। हिजोका मेरा गुरुहरू छैनन्, साथीहरू छैनन्,' उनी भावुक हुन्छन्। 

पहिले सिंहदरबारबाट भित्र छिर्दा रेडियो नेपालको प्रमाणपत्र देखाएर भित्र छिर्थे। 'अहिले त पस्न पनि गाह्रो छ, निकै कडाइ रैछ,' उनी सुनाउँछन्, 'यसपालि रेडियो नेपालमा कल गरेर पास पठाइदिनु पर्‍यो। सुरुमा त मलाई रोकेका थिए।' 

प्रकाशित मिति: शनिबार, साउन १८, २०७६  १४:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आजदेखि नेप्सेमा नियमित कारोबार सञ्चालन हुने
फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई होटल र रेष्टुराँमा छुट
विवाहको प्रमाणपत्र छैन ? सर्वोच्चले भन्यो– ‘अन्य प्रमाणबाट पनि नाता पुष्टि हुन सक्छ’
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
आजदेखि नेप्सेमा नियमित कारोबार सञ्चालन हुने मंगलबार, असोज ६, २०८३
फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई होटल र रेष्टुराँमा छुट मंगलबार, असोज ६, २०८३
विवाहको प्रमाणपत्र छैन ? सर्वोच्चले भन्यो– ‘अन्य प्रमाणबाट पनि नाता पुष्टि हुन सक्छ’ मंगलबार, असोज ६, २०८३
एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै मंगलबार, असोज ६, २०८३
आज हरिपरिवर्तिनी एकादशी मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्