काठमाडौं- गाडीमा लोड गर्ने क्रममा करिब १७ लाख रुपैयाँ बराबरको सामान चोरी गर्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काठमाडौंको नागार्जुन नगरपालिका–४ का २४ वर्षीय अमित तुलाधर, सोही ठाउँका २१ वर्षीय अब्य तुलाधर, ३३ वर्षीय हरिकृष्ण तिवारी र जुम्लाको सिँजा घर भई काठमाडौं सितापाइला बस्ने २५ वर्षीय हरि शर्मा छन्।

उनीहरुलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले बिहीबार उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको हो।
उनीहरुले साउन ८ गते टान्स एयर इन्टरनेसल लजिस्टिक प्राइभेट लिमिटेडको डोमेस्टिक कार्गोबाट चितवन, हेटौंडा र बुटवल पठाउन लागिएको वर्ल्डलिंकको ३ कार्टुन प्राविधिक सामाग्री चोरी गरेका थिए।
उक्त सामान संखमुलस्थित सडकबाट गाडीमा लोड गर्ने क्रममा चोरी भएको थियो।
प्रहरीले चोरी भएको सामान पनि बरामद गरेको छ। उक्त सामानको मूल्य १६ लाख ८० हजार रुपैयाँभन्दा बढी रहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।